सीइडीबी हाइड्रोपावरको २५ लाख १८ हजार कित्ता आईपीओ वैशाख १७ देखि बिक्री खुला

Advertisement

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले बिक्री खु्ला गरेको आईपीओमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

Advertisement

सीइडीबीको आईपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । यस कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यस आईपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । 

लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।  हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

Advertisement

Advertisement