परोपकारी गतिविधि गर्न ‘एनआरएनए फाउण्डेशन’ स्थापना, अध्यक्षमा जीवा लामिछाने

Advertisement

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एआरएनए) ले थप परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउण्डेशन’ स्थापना गरेको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार फाउण्डेशनको प्रस्तावित अध्यक्षमा जीवा लामिछाने रहेका छन् । पूर्व मुख्य सचिव लीलामणि पौडेल, संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, नायिका मनिषा कोइराला लगायतका ख्याती प्राप्त व्यक्तिहरु यस फाउण्डेशनमा जोडिएका छन् । 

Advertisement

विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, अझ प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले छुट्टै फाउण्डेशन स्थापना गरिएको अध्यक्ष पन्तले बताए । 

फाउण्डेशन मार्फत एनआरएनएले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचीन स्मारक जीर्णोद्धार, कला, संगीत आदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिबृद्धि, खेलकुद विकास र गैरआवसीय नेपालीको उत्थानका क्षेत्रमा काम गर्ने अध्यक्ष पन्तले बताए ।     

Advertisement

Advertisement