सुनको मूल्यमा पाँच सय रुपियाँको गिरावट

Advertisement

काठमाडौं । निरन्तर उकालो लागको सुनको मूल्य आज भने घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य पाँच सय रुपियाँले घटेर ९१ हजार सात सय रुपियाँ कायम भएको छ । बिहीबार यसको मूल्य तोलाको ९२ हजार दुई सय रुपियाँ थियो ।
 
यस्तै तेजावी सुनको मूल्य पनि तोलाको पाँच सय रुपियाँले नै घटेर ९१ हजार दुई सय रुपियाँ कायम भएको छ । बिहीबार यसको मूल्य ९१ हजार सात सय रुपियाँ थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज चाँदीको मूल्य पनि तोलाको १५ रुपियाँले घटेर एक हजार ३२० रुपियाँ कायम भएको छ । बिहीबार यसको मूल्य एक हजार ३३५ रुपियाँ थियो । 

Advertisement

Advertisement

Advertisement