ऐतिहासिक धराहरा फेरि ठडियो, प्रधानमन्त्री गरे उद्घाटन

Advertisement

काठमाडौं । ऐतिहासिक धरहरा फेरि ठडिएको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पमा लडेको धराहरा पुनर्निर्माण भएको हो । प्रधानमन्त्री केपी ओलीले शनिबार पुनर्निर्मित धरहराको उदघाटन गरे । 

धरहरा रहेको स्थान सुन्धारामा आज बिहान आयोजित एक कार्यक्रमका बीच प्रउनले धरहराको उदघाटन गरेका हुन् । ओलीले धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर ओलीले पुष्प वृष्टिसमेत गरे ।

Advertisement

धरहरा पुनर्निर्माण भए पनि यसको वरिपरिको अन्य संरचना निर्माण सम्पन्न नहुँदै ओलीले उद्घाटन गरेका हुन् । सोही कारण तत्काल सर्वसाधारणले अवलोकन गर्न पाउने छैनन् । दातृ निकायको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको हो । धरहरा पुनर्निर्माणको शुभारम्भ पनि ओलीले नै गरेका थिए । 

धरहरा आकारप्रकारले पूरानै देखिए पनि अहिलेकोमा २२ तल्ला रहेको छ । यसअघिकोमा ९ वटा मात्रै तल्ला थियो । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको प्राधिकरणले जानकारी दिएको छ । यसअघि १९९० को भूकम्पबाट पनि धरहरा ढलेपछि पुनर्निर्माण भएको धरहरा २०७२ मा पुन ढलेको हो । १९९० सालअघि धरहरा ११ तले थियो । 

धरहरामा हाल दुईवटा लिफ्ट जडान गरिए पनि तत्काललाई लागि एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । 

Advertisement

Advertisement