भायानेटले सञ्चालन गर्यो भाइबर च्याटबट

Advertisement

काठमाडौँ । भायानेटले ग्राहकहरुलाई अझ नजिकबाट सजिलै सेवा प्रदान गर्नको लागि भाइबर च्याटबट सञ्चालनमा ल्याएको छ ।

भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञासा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्ने छन् ।  

Advertisement

भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञासा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबट मार्फत् तुरुन्तै पाउन सक्ने छन् ।

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो । ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्ने कुरामा भायानेट सधै एक कदम अगाडि रहेको कम्पनीले जनाएको छ ।  

Advertisement

Advertisement