निषेधाज्ञा भएपनि सेयर बजार बन्द हुँदैनः धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गाना

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले निषेधाज्ञा जारी पनि सेयर बजार बन्द नहुने नेपाल धितोपत्र बोर्डले स्पष्ट पारेको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले सेयर कारोबारको अधिकांश प्रक्रिया अनलाईनमार्फत हुने भएकोले बजार बन्द गर्नु जरुरी नरहेको बताए । 
 
गत वर्ष लकडाउन हुँदा सेयर बजार पूर्णरुपमा अनलाईन प्रणालीमा नआइसकेकोले बन्द गर्नुपर्ने परिस्थिति आए पनि अहिले त्यो अवस्था नरहेको भन्दै उनले अहिलेको समयमा सेयर बजार बन्द गर्नुपर्ने कुनै कारण नरहेको बताए ।

आउँदो बिहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने ब्यापक हल्ला चलिरहेको बेला बोर्डले सेयर बजार बन्द नरहने स्पष्ट पारेको हो । उद्योगी व्यवसायीहरूले भने अर्थतन्त्र र आम जनजीवन चौपट हुनेगरी निषेधाज्ञा लगाउने काम गर्न नहुने भन्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाई गर्न सुझाव दिएका छन् । 

Advertisement

Advertisement

Advertisement