४८ हजार ऋणीलाई १ खर्ब ४५ अर्बको पुनरकर्जा स्वीकृत, सहुलियत ऋणलाई निरन्तरता दिने घोषणा

Advertisement

काठमाडौं । कोरोना महामारीले थलिएका व्यवसायिक संस्थाले १ खर्ब ४५ अर्ब ८० करोड रुपियाँ पुनरकर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले ६६ औं वार्षिकोत्सव समारोहको अवसरमा राष्ट्र बैंकका गभरर्नर महाप्रसाद अधिकारीले जारी गरेको वक्तव्य अनुसार हालसम्म ४८ हजार ८५६ ऋणीले व्यवसायिले पुनरकर्जा लिएका छन् । २०७७ चैत्र मसान्तसम्ममा कोभिडबाट अति, मध्यम र न्यून गरी प्रभावित ४८ हजार ऋणी लाभान्वित भएका हुन् ।

उनले मन्तव्य जारी गर्दै मौद्रिक नीति २०७७/७८ ले व्यवस्था गरेबमोजिम नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ कार्यान्वयनमा आएको र  सोही अनुसार बैंक तथा वित्तीय संस्थामार्फत एकमुष्ट रूपमा र ग्राहक ऋणीअनुसार पुनरकर्जा दिएको बताए ।

Advertisement

उपलब्ध कोषको ५ गुणासम्म पुनरकर्जा प्रदान गर्न सक्ने सीमा कायम गरिएकोमा हालसम्ममा कुल १ खर्ब ४२ अर्ब १७ करोड रुपियाँको पुनरकर्जा स्वीकृत गरिएको राष्ट्र बैंकको भनाइ छ । एकमुष्ट प्रदान गरिने पुनरकर्जातर्फ क, ख र ग वर्गका संस्थालाई दुई पटक गरी कुल ९२ अर्ब ३८ करोड रुपियाँको पुनरकर्जा स्वीकृत भएको छ ।

एकमुष्टतर्फ प्रवाह भएको पुनरकर्जामा बैंक तथा वित्तीय संस्थाले छानेका लघु, घरेलु तथा साना उद्यम पुनरकर्जातर्फ ३५,५५४, विशेष पुनरकर्जातर्फ २,०३३ र साधारण पुनरकर्जातर्फ १०,९६३ गरी कुल ४८,५५० ऋणीहरूमा पुनरकर्जाको पहुँच पुगेको छ

अधिकारीले मंगलबार भर्चुअल माध्यमबाट जारी गरेको मन्तव्य अनुसार कोभिड नयाँ चरणमा प्रवेश गरेको र यसले पार्ने असर अझै ठूलो हुन सक्ने भएकाले आर्थिक क्षेत्र पुनरुत्थनका लागि राहत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनले केन्द्रीय बैंकले राहतका कार्याक्रमलाई निरन्तरता दिने पनि बताएका छन् ।

‘कोभिड-१९ ले सिर्जना गरेको असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर परम्परागत, लचिलो एवम् सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सृजना नहुने गरी निरन्तरता प्रदान गरिने गभर्नर अधिकारीले बताए ।

प्रवाह भएको पुनरकर्जा बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाबाट कम्तीमा पाँच ऋणीलाई समेट्नुपर्ने व्यवस्था भएबमोजिम देशको कुल ५१९ भन्दा बढी स्थानीय तहस्थित बैंक तथा वित्तीय संस्थाका ऋणीसम्म पुगेको छ ।

इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जातर्पm २८ वटा लघुवित्त वित्तीय संस्थाको लागि १० अर्ब २३ करोड रुपैयाँको पुनरकर्जा स्वीकृत भएको हो । ग्राहक ऋणीअनुसार यस बैंकबाट प्रदान गरिने २० करोड रुपियाँसम्मको पुनरकर्जातर्फ फागुन मसान्तसम्म २८१ ऋणी लाभान्वित हुने गरी ३९ अर्ब ५६ करोड रुपियाँको पुनरकर्जा स्वीकृत भएको पनि उनको भनाइ छ ।

नेपाल सरकारबाट आ.व. २०७७/७८ को बजेट वक्तब्यमा घोषणा भएवमोजिमको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान अन्तर्गत २०७७ चैत मसान्तसम्ममा ७७,१९६ ऋणीहरूलाई कर्जा प्रवाह भएको थियो । यस्तो कर्जामा ५ अर्ब ६३ करोड व्याज अनुदान प्रदान भएको छ ।

२०७७ फागुन मसान्तसम्म “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७” बमोजिम ५ वटा “क” वर्गका वाणिज्य बैंकमार्फत २० जना ऋणीलाई २० करोड ८७ लाख रुपियाँ कर्जा प्रदान भएको पनि केन्द्रीय बैंकको भनाइ छ ।

शीतघर तथा खाद्यान्न भण्डारण घर स्थापना कार्यक्रमका लागि व्याज अनुदान मापदण्ड, २०७३ मा भएको व्यवस्था बमोजिम हालसम्म विभिन्न ११ शीतघर तथा खाद्यान्न भण्डारणलाई रु.२४ करोड ३६ लाख व्याज अनुदान प्रदान गरिएको छ पनि गभर्नर अधिकारीको मन्तव्यमा उल्लेख छ ।

यस्तो छ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट जारी मन्तव्यसहितको प्रतिवेदन्ः

 

 

Advertisement

Advertisement