पानी र हावा शुद्धीकरणमा केन्ट ब्राण्डका प्रोडक्टहरू नेपालमा निकै लोकप्रिय बन्दै

Advertisement

काठमाडौं । पानी प्रशोधन तथा घरायसी उपकरणमा लोकप्रिय ‘केन्ट’ भारतीय ब्राण्ड हो । आरओ (रिभर्स अस्मोसिस) प्रविधिमा आधारित केन्ट ब्राण्डका विभिन्न उत्पादनहरू नेपाल, भारतसहित युरोपका बजारसम्म बिक्री हुँदै आएको छ । हाल २० मुलुकमा बिक्री हुँदै आएको केन्ट ब्राण्डका प्रोडक्टहरूको बिक्री नेपालमा गुणात्मकरुपमा बढेको देखिन्छ । नेपालमा भित्रिएको छोटो समयमा नै राम्रो बजार लिन सफल भएको हो । 

नेपालमा चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स केन्टको आधिकारिक बिक्रेता रहँदै आएको छ । सिजी इलेक्ट्रोनिक्सअन्तर्गत ईओएल प्रा.लि.ले नेपालभरीको डिष्ट्रिब्युटर नेटवर्कको काम गर्दै आएको छ । 

Advertisement

के के छन् प्रोडक्ट ? 
केन्टमा सबैभन्दा लोकप्रिय वाटर प्युरिफायर र एयर प्युरिफायर छ । केन्ट एप्लाइन्सेसमा भ्याकुम क्लिनर, आँट एण्ड ब्रेड मेकर, मिक्सर, एग्स ब्वाइलर जस्ता प्रोडक्ट रहेका छन् ।  भाइरस निर्मुलिकरण (डिसइन्फेक्ट्स) गर्ने प्रोडक्टहरू पनि केन्टले बिक्री गर्दै आएको छ । 

कस्ता छन् विशेषता ?
पानी सफा गर्ने स्थानीय ब्राण्ड धेरै छ । तर ब्राण्डेड प्रोडक्टहरूमा केन्ट आरओ प्युरिफायर निकै लोकप्रिय छ । ब्राण्डेड प्रोडक्टमा केन्ट वाटर प्युरिफायरको बजार हिस्सा नेपालमा सबैभन्दा ठूलो देखिन्छ । यसले पानीमा रहेको मिनेरलहरूलाई यथावत राखेर शुद्ध पानी दिन्छ । यसमा आरओ प्रविधि, यूभी प्रविधि, यूएफ प्रविधि, टेष्टिन ह्याण्डसर र अल्कालाइन प्रविधि छ जुन प्रविधिले पानीमा भएका फिजिकल इम्पिरिटिज, केमिकल र माइक्रो बायोलोजिकल हटाएर शरिरलाई चाहिने मिनेरल यथावत राख्छ । 

सिजी इलेक्ट्रोनिक्सका सहायक प्रवन्धक प्रदीप भण्डारी भन्छन्, ‘मानिसको शरीरमा ८० प्रतिशत पानी हुन्छ । मानिस खाना नखाई बढिमा २८ दिनसम्म बाँच्न सक्छ तर पानी नखाई तीन दिन पनि बाँच्न सक्दैन भनिन्छ । त्यो भएकाले पनि शरीरका लागि शुद्ध पानी आवश्यक छ । बढ्दो प्रदुषण र मिसावट जस्ता कुराले गर्दा शुद्ध पानी पाउन कठिनाई हुँदै गएको सन्दर्भमा केन्ट वाटर प्युरिफायर उपभोक्ताको लागि भरपर्दो ब्राण्ड बन्न पुगेको छ ।’ नेपालभरी यसको बिक्री निकै राम्रो छ । कोभिड १९ का कारणले गर्दा पनि मानिसहरूमा शुद्ध पानी खानुपर्छ, बाहिरको पानी खान हुन्न भन्ने सोचाईको विकास भएको छ । त्यसले गर्दा केन्ट वाटर प्युरिफायरको बिक्री निकै बढेर गएको उनी बताउँछन् ।  

अर्को प्रोडक्ट एयर प्युरिफायर बढ्दो वायु प्रदुषणबाट जोगिन निकै उपयोगीसिद्ध भइरहेको छ । काठमाडौं विश्वकै बढि वायु प्रदुषित शहरको रुपमा देखिएकाले पनि उपभोक्ताले एयर प्युरिफायर खोज्न थाले जसका कारण केन्टको वाटर प्युरिफायरको बिक्री निकै बढेर गएको छ । पहिलाभन्दा अहिले यसमा निकै आकर्षण बढेको भण्डारी बताउँछन् । पहिला एयर प्युरिफायरको बारेमा उपभोक्तालाई जानकारी समेत थिएन् । 

कोभिड १९ का कारण केन्टको स्यानिटाइजर मेशिनको बिक्री पछिल्लो समयमा निकै बढेको छ । यस कार्यालयदेखि घरमा समेत प्रयोग गर्न सकिने मेशिनहरू छ । यसमा लिक्विड प्रयोग हुन्छ जसबाट मोवाइल, बैंक कार्ड जस्ता सामानहरू स्यानिटाइज गर्न सकिन्छ । यसमा एउटा बक्स हुन्छ, जसमा आफ्ना सामानहरू राखेर बन्द गरेमा सामानमा रहेका माइक्रोबायोलोजिकल सबै हटाइदिन्छ । 

यसमा अर्को ओजन कार एयर प्युरिफायर भन्ने प्रोडक्ट पनि छ । यसले कारभित्रको माइक्रो बायोलोजिकल, फिजिकल इम्पिरिटिभहरूलाई हटाएर सफा गर्ने काम गर्छ । 

केन्टले बिक्री गर्ने जस्ता प्रोडक्टहरू नेपाली बजारमा धेरै रहेको तर ब्राण्डेड सामानहरूमा ८० प्रतिशत बजार हिस्सा केन्टको रहेको भण्डारीले दाबी गरे । उनले २० प्रतिशत मात्रै अरु ब्राण्डको प्रोडक्टहरू बिक्री हुने गरेको बताए । लोकल प्रोडक्टसमेतसँग तुलना गर्ने हो भने ५० प्रतिशतभन्दा बढि बजार केन्टको रहेको छ । 

बिक्रीपछिको सेवा
सिजीले नेपालभरी नै बितरकहरूमार्फत केन्टका प्रोडक्टहरू बिक्री गर्दैै आएको छ । उनीहरूले नै बिक्रीपछिको सेवा दिन्छन् । यदि बितरकहरूले दिन सकेन भने सर्भिस सेन्टरको हटलाइन नम्बरमा फोन गरेका कम्पनीले निःशुल्क सेवा दिन्छ । वारेन्टी कार्डमै हटलाइन नम्बर रहेको हुन्छ । 

नयाँ बर्षको योजना
केन्ट ब्राण्डले अहिले उपभोक्तामा आधारित एउटा योजना लन्च गरेको छ जुन चैत, बैशाख र जेठ तीन महिना चल्नेछ । यस योजनामा हरेक महिना गोलाप्रथाबाट बिजेता छनौट गरिन्छ । यसमा बिजेताले टिभी जित्नसक्छ भने तीन महिनापछि घोषणा हुने गोलाप्रथाबाट  बम्पर बिजेता छनौट गरी डियो स्कुटर उपहार प्रदान गरिन्छ । 

मूल्य 
अन्य प्रोडक्टको तुलनामा केन्टका प्रोडक्टहरू केही महंगो भए पनि गुणस्तरीय र बिशिष्ट खालको रहेको छ । केन्ट प्रोडक्ट अरु प्रतिस्पर्धी ब्राण्डभन्दा महंगो भने नरहेको भण्डारीले बताए । अक्वा गार्ड, लिक्योर जस्ता समानातर ब्राण्डहरूको तुलनामा केन्टको ब्राण्ड गुणस्तरका हिसावले निकै सस्तो रहेको भन्दै उनले तर स्थानीय ब्राण्डको तुलनामा भने ब्राण्डेड सामानको मूल्य झण्डै दोब्बर नै बढि रहेको बताए । 

Advertisement

Advertisement