विदेशबाट फर्किएका उत्कृष्ट उद्यमीलाई सरकारले दियो रु. एक लाखको पुरस्कार

Advertisement

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नौ जना युवालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा उक्त मन्त्रालय सम्हाल्दै आएका मन्त्री गौरीशंकर चौधरीले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । 

मन्त्रालयले उक्त पुरस्कारका लागि आवेदन माग गरेकोमा ८५ वटा आवेदन परेको, तीमध्ये नौ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । विदेशमा काम गरी फर्किएकाहरूलाई उद्यमशील बन्न प्रोत्साहन गर्ने उद्देश्यले स्थापित यो पुरस्कार बितरणका लागि सरकारले २०७६ सालमा कार्यविधि पनि बनाएको छ । 

Advertisement

कार्यविधिमा पुरस्कारका लागि योग्य उम्मेदवार छनौट गर्न सात वटा आधार बनाइएको छ । जसमा रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, सामाजिक दायित्व बहन, उत्पादन निर्यात गरेको अवस्था, प्रदुषण व्यवस्थापनलाई आधार बनाइएको छ । 

पुरस्कृतमध्ये उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार रुपन्देही जानकीनगरका शिव पराजुलीले पाएका छन् । सूर्या इन्डष्ट्रिजका सञ्चालक उनले एक लाख रुपियाँको पुरस्कार हात पारेका छन् । अन्य आठ जनालाई भने ५० हजार रुपियाँ प्रदान गरिएको छ । यस्तो छ उनीहरूको सुचीः  

Advertisement

Advertisement