ग्राहक संख्याका आधारमा ‘टप फाइभ’ इन्टरनेट सेवा प्रदायक कुन कुन हुन् ?

Advertisement

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार वल्डलिंक कम्यूनिकेशन प्रालि ग्राहक संख्याका आधारमा सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रुपमा देखिएको छ । वल्डलिंकको मात्रै ग्राहक संख्या चार लाख ५१ हजार ७६६ रहेको छ ।

त्यस्तै, दोस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनीका इन्टरनेट प्रयोगकर्ता दुई लाख ८० हजार नौ सय ६५ रहेका छन् । तेस्रो स्थानमा रहेको सुविसु केवलनेट प्रालिको ग्राहक संख्या एक लाख ८४ हजार ५२९ छन् । त्यसपछि भायानेट कम्युनिकेशनको एक लाख ३२ हजार ४४२, क्लासिटेक प्राईभेट लिमिटेड एक लाख २७ हजार ७६१ प्रयोगकर्ता रहेको विवरणबाट देखिन्छ । 

Advertisement

हाल नेपालमा इन्टरनेट सेवा प्रदान कम्पनी ४० वटा रहेका छन् । पछिल्लो समय कोरोना महामारीका कारण इन्टरनेट प्रयोग गर्ने क्रम बढेर गएको छ । प्राधिकरणले समेत कोरोना महामारीका कारण भ्वाईस कल बढेकाले इन्टरनेट प्रयोगकर्ता बढेको जानकारी दिएको छ । 


 
 

Advertisement

Advertisement