बैंक तथा वित्तीय संस्थालाई विद्युतीय सेवामा जोड दिन निर्देशन, २० प्रतिशभन्दा कम कर्मचारी राख्नुपर्ने

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई प्रत्यक्ष बैकिङ सेवा भन्दा विद्युतीय माध्यमबाट सेवा प्रदानमा जोड दिन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले कोरोना संक्रमण जोखिमलाई ध्यान दिइ सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेसको विकल्प खोज्न विद्युतीय सेवा बढाउन आग्रह गरेको हो ।

प्रत्यक्ष सेवा दिनुपर्ने अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाहरूले २० प्रतिशतभन्दा कम कर्मचारी राखेर सेवा दिन निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न निषेधाज्ञा जारी भएका स्थानहरूमा रहेका केन्द्रीय कार्यालयलमा २० प्रतिशतभन्दा कम र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

Advertisement

कर्मचारीको अनावश्यक उपस्थिति रोक्न सूचना प्रविधिको उच्चतम प्रयोग गरेर वर्क फ्रर्म होम तथा रिमोट एक्सेसबाट गर्ने कामलाई जोड दिन पनि राष्ट्र बैंकले निर्देशन निर्देशन दिएको छ । 

न्यून संख्यामा शाखाहरू सञ्चालनमा ल्याउने र कर्मचारीलाई आलोपालो सेवा दिने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । 


 

Advertisement

Advertisement