लगानीकर्तालाई राम्रो प्रतिफल दिन कुन बाणिज्य बैंक बढि सबल ? हेर्नुहोस सूची

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनासम्ममा बाणिज्य बैंकहरूको ‘रिटर्न अन इक्विटी’  (स्वपुँजी प्रतिफल) अर्थात  (आरओई) सबैभन्दा धेरै एनआईसी एशिया बैंकको २३ दशमलव २६ प्रतिशत रहेको छ । 

दोस्रोमा सानिमा बैंक रहेको छ । यस बैंकको प्रतिफल क्षमता १९ दशमलव ७३ प्रतिशत रहेको छ । यता सबै भन्दा थोरै प्रतिफल क्षमता भएको बैंकमा सेन्चुरी बैंक रहेको छ । यस बैंकको प्रतिफल क्षमता ४ दशमलव ६४ प्रतिशत रहेको छ । यस्तै, सबैभन्दा थोरै प्रतिफल क्षमता भएको दोस्रो बैंकमा सिभिल बैंक रहेको छ । 
यस बैंकको प्रतिफल क्षमता ६ दशमलव ५९ प्रतिशत रहेको छ । 

Advertisement

आरओई अर्थात् लगानीकर्ताले पाउने प्रतिफल कुल आयमा सेयरधनीको स्वपुँजी लगानीले भाग गरेर निकालिने गरेको सानिमा बैंकका कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एशोसियनका अध्यक्ष भुवन दाहाल बताउछन् ।
 
रिटर्न अन इक्विटी सेयरधनीको स्वपुँजी लगानी कम्पनीको सम्पत्तिमा यसको दायित्व कटाएर निकालिन्छ । त्यसकारण खुद सम्पत्तिमा प्राप्त हुने प्रतिफल दरका रूपमा यसलाई हेर्ने गरेको दाहाल बताउँछन् ।
 
यो कम्पनीको कार्यसम्पादन मापन गर्ने प्रमुख औजार हो । लगानीको कार्यसम्पादन र प्रभावकारितालाई लगानीकर्ताले पाउने प्रतिफल दरले प्रतिनिधित्व गर्छ ।

यस्तो छ बाणिज्य बैंकहरुको प्रतिफल क्षमता 


 

Advertisement

Advertisement