कर्पाेरेट राशिफलः आज (वैशाख २१)को तपाईंको पेशा, व्यापार, व्यवसाय कस्तो रहला ?

Advertisement

आज २०७८ वैशाख महिनाको २१ गते मंगलबार, वैशाख कृष्णपक्षको अष्टमी तिथि ।

मेष 
समय अलि प्रतिकुल देखिएकाले सतर्कताको आवश्यकता देखिन्छ । मनमा अनावश्यक चिन्ताले सताउने छ, जसले गर्दा मनमा उदासिनता हुने हुँदा उमङ्ग र जाँगर हुने छैन । तर आत्माबल बलियो हुने भएकाले जटिलतासँग जुध्न एक हदसम्म सहयोग भने पुग्ने छ । ब्यक्तित्वको प्रभाव बढ्ने छ । पेशागत जीवन र ब्यापार औसत रहने छ । आफ्नो पेशा र ब्यापार विजनेशको विषयलाई लिएर मनमा चिन्ताको मात्रा निरन्तर देखा पर्ने छ । 

Advertisement

वृष 
आफुलाई भाग्यहिन लागि रहने छ । जसले गर्दा मनमा उदासिनता बढाउने छ । स–साना विषयमा पनि झनक्क झनक्क रिस उठ्न पुग्ने छ । त्यसैले रिस नियन्त्रणका लागि मेहनत गर्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुले एक हदसम्म प्रतिफल दिने छन् । बचत तथा धन सम्पत्ति खर्च हुने योग देखिएकाले यसबारेमा सतर्क भएर अघि बढ्दा ठिक हुने छ । आयात निर्यात, ठेक्का पट्टा, प्रशासन, ब्यवस्थापन आदी क्षेत्रमा सक्रिय ब्यक्तिहरुले अपजस ब्योहर्नु पर्ने छ । शेयर बजारको हकमा भने केही अनुकुल नै छ । 

मिथुन 
भाग्यको साथ छैन् । मनमा निराशाले डेरा जमाउने छ । मन उदासिनताको मात्रा बढ्ने हुँदा कार्य सम्पादनमा जोश जाँगर भन्दा नकारात्मक भावनाले प्रशय पाउने भएकाले मन नियन्णका उपायहरुमा ध्यान दिनुहोला । साझेदारीमा गरिएका कामहरुले सफलता दिने छन् । जीवनसाथिको साथ लिए काम गरेमा यसले गति लिने छ । ब्यक्तित्व भने बोल्ड खालको हुने छ । पेशागत जीवन भने सकारात्मक दिशामा नै रहने छ । शेयर बजारमा लगानी गर्दा प्रतिफल भन्दा हानिको अवस्था आउने देखिन्छ । 

कर्कट
साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छन् । दाम्पत्य जीवनमा विवाद हुने भएकाले समझदारीले काम गर्नु होला । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि हुन जाने छ । यसले दुविधात्मक ब्यक्तित्व बनाइ दिने छ । पेशागत जीवनमा भने सकारात्मक तथा स्थिर रहने नै देखिन्छ । शेयर बजार अनुकुल रहेको छ ।
सिंह
भाग्यको बलियो साथ रहेको छ, जसले गर्दा देखा परेका समस्या समाधानमा साहस प्रदान गर्ने छ । मनमा अत्याधिक दुविधा हुने भएकाले काम प्रति मन केन्द्रित हुन नसक्दा कार्य सफलतामा केही अवरोधहरु आउन जाने छन् । पेशागत जीवनमा स–सानो उतार चढाव आएता पनि औसतमा यो सकारात्मक दिशामा नै अघि बढ्ने छ । आइसक्रिम, कोल्ड ड्रिङस्, पानी, डेरी प्रडक्ट, आयात निर्यात जस्ता क्षेत्रमा कार्यरतहरुको हकमा संयमित भएर अघि बढ्नु पर्ने खालको छ । शेयर बजार सकारात्मक बन्ने छ । 

कन्या
समय अलि प्रतिकुल देखिन्छ । बोलीको प्रभावमा कमि आउने भएकाले विचार गरेर मात्र बोल्नु होला । ब्यक्तित्वमा कमि आउने छ । आम्दानीमा हुने कमिको विषयलाई लिएर मनमा अन्योल र असन्तोष उत्पन्न हुन जाने छ । जसले गर्दामा मनमा उदासिनता र चिन्ता बढाउने छ । भाग्यहिनताको अनुभुति हुने भएकाले यसले कार्य सफलतामा असर पार्ने छ । पेशागत तथा ब्यावसायिक जीवनमा अवरोधहरु आउने छन् । शेयर बजार एक हदसम्म सकारात्मक देखिन्छ । 

तुला 
मनोबल उच्च रहने छ । नेतृत्व क्षमतामा पनि बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । भाग्यको साथ रहेकाले धन, सम्पत्ति तथा भाग्यमा बढोत्तरी हुने छ । ब्यापार ब्यवसाय तथा पेशागत जीवन भने अलि अस्थिर हुन पुग्ने भएकाले सतर्कतासहित हिड्नु पर्ने देखिन्छ । जीवनसाथिको साथमा कामलाई अघि बढाएमा फाइदा हुने देखिन्छ । साझेदारीमा गरिएका कामहरुले पनि राम्रो नतिजा दिने छन् । शेयर बजारमा निकै विचार पु¥याएर मात्र लगानी गर्नु पर्ने देखिन्छ ।

वृश्चिक
छोटोछोटो यात्रा गर्नु पर्ने अवस्था देखिन्छ । आफ्नो पैतृक सम्पत्ति तथा आफुले सृजना गरेको धन सम्पत्तिबाट सुख प्राप्त हुने छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । शारीरिक कमजोरी देखा पर्ने भएकाले कसरत र योग गर्ने तर्फ ध्यान दिनु होस् । पेशागत जीवनमा भने चुनौतिहरु र विवाद देखा पर्ने भएकाले सतर्कताको खाँचो छ । ठेक्का पट्टा, होटल, रेष्टुरेण्ट, खेल जगत, सुरक्षा निकाय आदीमा संलग्नहरुको पेशागत जीवनमा अवरोधहरु आउने छन् । साझेदारीमा अघि बढेमा शेयर बजार अनुकुल बन्न सक्छ । 

धनु 
बोलीमा एक रुपता हुने छैन् । तुरुन्तै नरम र तुरुन्तै कडा खालको बोली हुने हुँदा दुविधात्मक स्वाभाव देखा पर्ने भएकाले अरुले विश्वास गर्ने छैनन् । मनमा अनावश्यक दुविधा र चिन्ता थपिने छ । यसले मनोबलमा कमि ल्याउने छ भने निर्णय क्षमतामा पनि नकारात्मक प्रभाव पार्ने छ । पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयमा विवाद चर्कने योग देखिएकाले यस विषयमा सतर्कताको खाँचो छ । आर्थिक लेनदेनमा विचार गरेर मात्र कारोवार गर्नु होला । भाग्यको साथ रहनाले प्रतिकुलतासँग जुध्ने शक्ति भने प्राप्त हुने छ । शेयर बजारको हकमा औसत समय रहेको छ । 

मकर 
अनावश्यक शुरोपनामा पनि भारी बृद्धि हुने भएकाले यसबारेमा भने निकै सतर्क रहनु पर्ने छ । शत्रु पराजय गरी हावि हुने तागत पैदा हुने छ । तर मनमा अलि निराशाको भाव भने पैदा भइरहने छ । दम्पत्ति एक अर्कामा समर्पित हुने अवस्था रहे पछि केही विवाद हुन जाने छ । पेशागत जीवन र व्यवसायमा थप जोखिमको बाटोमा अघि बढ्नु पर्ने समय छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिकुल परिस्थितिमा पनि मनोबल कायम राख्न मद्दत पुग्ने छ । शेयर बजार अनुकुल रहेको छ । 

कुम्भ 
मेहनति र पराक्रमी स्वाभाव भने निरन्तर रहने छ । आम्दानीमा हुने केही बृद्धि वा  सकारात्मक परिस्थितिले केही सन्तोष अवश्य प्रदान गर्ने छ । मनमा उदासिनता बढ्न जाने छ । जसले गर्दा जोश तथा जाँगरमा कमि ल्याउने छ । मनलाई संयमित राख्न नियन्त्रण गर्न योग, ध्यान तथा मधुर भक्ति संगीत तर्फ ध्यान दिनुहोला । परिवारको भरोसा बढ्ने भएकाले थप विश्वास आर्जन हुने छ । धन सम्पत्तिका विषयमा देखा परेका बिबादहरु समाधानतर्फ जाने छन् । पेशा तथा ब्यवसायमा समस्याहरु तथा अवरोधहरु देखा पर्ने छन् । शेयर बजारमा उत्साही हुने समय छैन् । 

मीन
पारिवारिक जीवनमा नेतृत्व गर्नु पर्ने जिम्मेबारी आउने छ, अर्थात आफ्नो भुमिका बढ्ने छ । धन सम्पत्तिमा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा नसोचिएका समस्याहरु उत्पन्न हुन जाने भएकाले त्यसले अनावश्यक झमेलामा पारि दिने छ । जीवनसाथिको साथले उत्पन्न समस्या समाधानमा जुक्ति तथा उपाय प्रदान गर्ने छ । पेशागत जीवन र ब्यावसायीक जीवनमा अवरोधहरु आउने छन् । साझेदारीमा गरिएका कार्यहरुले प्रतिफल दिने छन् । शेयर बजार औसत रहेको छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement