सीइडीबी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

Advertisement

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण शेयर(आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

आईपीओमा हिजो साँझसम्म १५ लाख ३ सय जनाले आवेदन गरिसकेका छन् । २ अर्ब ३० करोड ७३ लाख २३ हजार ६ सय रुपियाँ बराबरको २ करोड ३० लाख ७३ हजार २ सय ३६ कित्ताका लागि आवेदन परिसकेको बिक्री प्रबन्धक सनराइज क्यापिटले जनाएको छ । े 

Advertisement

कम्पनीको आईपीओका लागि आज कार्यालय समय भित्र आवेदन दिन सकिने छ । कम्पनीले वैशाख १७ गतेबाट कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

सीइडीबी हाइड्रोपावरको आईपीओ: कति कित्ता भर्ने ?

Advertisement

Advertisement