आन्तरिक उडान बन्दले दुई हजार टिकट फिर्ता, कसरी फिर्ता लिने वालेटबाट लिएको टिकट ?

Advertisement

काठमाडौं । आजबाट आन्तरिक उडान वैशाख मसान्तसम्म अर्थात ११ दिनलाई बन्द भएको छ । आन्तरिक वायुसेवा बन्द भएपछि यस अघि विभिन्न गन्तव्यमा जान यात्रुले लिएका करिब दुई हजार टिकट फिर्ता भएको सम्बन्धित वायुसेवा कम्पनीले बताएका छन् । टिकट फिर्ता गर्नेमा सबैभन्दा बढी यती, बुद्ध, श्री र अन्य वायुसेवाको रहेको पनि उल्लेख छ ।

हवाई टिकट लागि भुक्तानी सेवा प्रदायकले वालेटबाटै सेवा दिन थालेपछि नेपालमा हाल ७० प्रतिशतसम्म हवाई टिकट अनलाइनबाटै काटिन थालेका थिए । कोभिड संक्रमण बढेका कारण न्यूनीकरण गर्न र सावधानीका उपाय अनपनाउन सरकारले आन्तरिक हवाई सेवासमेत आजबाट बन्द गरेपछि सम्बन्धित वायुसेवाबाट जारी भइसकेको टिकट पनि धमाधम फिर्ता भइरहेको छ ।

Advertisement

आन्तरिक वायुसेवामा पछिल्लो समय सम्बन्धित वायुसेवाको काउन्टरबाट र ट्राभलको तुलनामा अनलाइबाट लिने टिकटको हिस्सा करिब ७० प्रतिशत पुग्न थालेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बतौंलाले बताए । यसमध्ये करिब १० प्रतिशत टिकट हाम्रो आफ्नै अनलाइन सिस्टम मोबाइल एपबाटै हुन्छ । बाँकी ६० प्रतिशत विभिन्न वालेटबाट काटिनेसहितेको हामीले सबै टिकट रद्द गरिसकेपछि वालेटहरूले सम्बन्धित ग्राहकलाई नै फिर्ता गर्न थालिसकेको बर्तौलाले बताए । 

उनका अनुसार सरकारले आन्तरिक वायुसेवा बन्द गर्ने हल्ला आइतबारबाटै आएकोले सोमबार नै धेरै टिकट फिर्ता भए भने बाँकी रहेका केही टिकट अहिले पनि फिर्ताको चरणमा छन् । यतीका जहाजका लागि टिकट काटेका करिब ९ सयको टिकट फिर्ता भएको बर्तौलाले बताए । उनका अनुसार अधिकांश टिकट सोमबार नै फिर्ता भएकोले अब करिब तीनसयको मात्रै प्रक्रियामा रहेकोले त्यो आज फिर्ता हुन्छ ।

बुद्ध एयरको पनि आजदेखि हुने उडान बन्दका कारण करिब नौ सय टिकट फिर्ता भएको बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए । जोशीले भने ‘उडान बन्द भएपछि हामीले पूरै पैसा फिर्ता दिएका छौं ।’ यात्रुले जहाबाट टिकट काटेको त्यहीँबाट फिर्ता लिनुपर्ने भएकाले वायुसेवाबाट काटेकालाई काउन्टरबाटै, ट्राभलको ट्राभलबाटै र वालटेबाट काटेको वालेटबाटै फिर्ता लिनुपर्छ ।

वायुसेवा कम्पनीका अनुसार वायुसेवा र ट्राभलबाट काटेको टिकटको तुलनामा वालेटबाट काटेको टिकट फिर्ता लिन केही दिन भने लाग्छ । अन्य समयमा पनि वालेटबाट काटेको टिकटका लागि सम्बन्धित वालेटमा नै रिक्वेष्ट गर्नुपर्ने हुन्छ । वालेटले टिकट रद्द भएको जानकारी वायुसेवालाई दिन्छ त्यसपछि वायुसेवाले फिर्ता गरिदिनुपर्ने हुन्छ । उक्त फिर्ता गरेको टिकटको पैसा भने वालेटबाटै लिनुपर्ने व्यवस्था रहेको सम्बन्धित वायुसेवाको भनाइ छ ।

यतीका प्रवक्ता बर्तौलाका अनुसार हाल उडान बन्द भएपछि भने टिकट फिर्ता तुरुन्तै भइहाल्ने बताउँछन् । उनका अनुसार वायुसेवाले सबै उडान रद्द गरेपछि टिकट फिर्ता पनि तुरुन्तै भइहाल्छ । उनका अनुसार वायुसेवाले सबै उडान रद्द गरेपछि सम्बन्धित यात्रुलाई वालेटले खातामै तुरुन्तै टिकट फिर्ता दिन सजिलो भएको पनि उल्लेख गरे।

वालेटले टिकट लिने प्रवृत्तिमा परिवर्तन
अनलाइन र वालेटका कारण पछिल्लो समय वायुसेवा कम्पनीका टिकट लिने सहज र छिटो भएको छ । जसले गर्दा यात्रुले एक साता कुर्नुपर्ने, बुकिङ गरेर राख्नुपर्ने र एकसाता पछिको टिकट लिने प्रवृत्ति परिवर्तन भएर सोही दिन हुन पुगेको छ ।

६० प्रतिशत यात्रुले अघिल्लो दिन र बाँकी ४० प्रतिशत यात्रुले त सोही दिन अनलाइटबाट टिकट लिने गरेको पनि यतीका प्रवक्ता बर्तौला बताउँछन् । यसले नेपालीको टिकट लिने प्रवृत्तिलाई नै परिवर्तन गरिदिएको उनको भनाइ छ । 

Advertisement

Advertisement