सुनको मूल्य निरन्तर उकालो, ३ दिनमा प्रतितोला ७ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौँ । यो साता सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ बढेको हो । 

गतसाताको अन्तिम दिन शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य यो साताको पहिलो दिन आइतबार प्रतितोला १ सय रुपियाँ, सोमबार प्रतितोला ४ सय रुपियाँ र आज मंगलबार पनि प्रतितोला २ सय रुपियाँ बढेको हो । त्यसैगरी आइतबार स्थिर रहेको चाँदीको मूल्य सोमबार प्रतितोला ५ रुपियाँ र आज मंगलबार प्रतितोला २५ रुपियाँ बढेको हो । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय रुपियाँमा किनबेच भएको थियो ।  
 

Advertisement

Advertisement