निषेधाज्ञाका बेला नेपाल टेलिकमले ल्यायो आकर्षक डाटा सुबिधा

Advertisement

काठमाडौँ । हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको जनाएको छ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने टेलिकमको अपेक्षा छ ।

यस्ता छन् सुबिधाः  

Advertisement

१. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक: २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र  प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९।– मा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार१स्टार८स्टार२ह्यास डायल गर्न सकिन्छ । 

२. ७ दिनका लागि १.५ जीबी प्याक: ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न  मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु. ९५।– मा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार१स्टार१स्टार४ह्यास डायल गर्न सकिन्छ । 

३. २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक: २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । रु. ३०।– मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार८स्टार२ह्यास डायल गर्न सकिन्छ ।

४. ५०० एमबी पर डे डाटा प्याक: जम्मा रु. २९९।– मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार१स्टार९स्टार३ह्यास डायल गर्न सकिन्छ ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ । ग्राहकले स्टार१४१५ह्यास डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपब र वेबसाइटबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोरीले जनाएको छन् । 
 

Advertisement

Advertisement