तीन लाख २२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ३ लाख २२ हजार ८ सय १४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको २.८२ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।