काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि एक साता थपियो

Advertisement

काठमाडौँ । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि २२ गतेसम्म जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । 

पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गए पछि नियन्त्रणका लागि प्रजिअहरुको संयुक्त बैठकबाट निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरिएको हो । 

Advertisement

निषेधाज्ञामा पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । 

Advertisement

Advertisement