ओलीको संभावित कदमविरुद्ध रणनीति बनाउन काँग्रेस र माओवादीको छुट्टाछुट्टै बैठक

Advertisement

काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीले विश्वासको मत लिने भन्दै एक्कासी वैशाख २७ गतेलाई संसद आव्हान गरेपछि झस्किएका नेपाली काँग्रेस र माओवादी केन्द्र ओलीको आगामी संभावित कदमविरुद्ध रणनीति बनाउन बैठकमा जुटेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा मंगलबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन् भने माओवादी केन्द्रले स्थायी कमिटि बैठक बोलाएको छ । दुवै दलले आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा संसद् अधिवेशनपछि प्रधानमन्त्री ओलीले चाल्नसक्ने कदमका विषयमा छलफल केन्द्रीत रहेको जनाइएको छ । माओवादीको बैठक पेरिसडाँडामा जारी छ । 

Advertisement

संसदमा राजनीतिकरुपमा अल्पमतमा रहेका ओलीले एक्कासी विश्वासको मत दिने भन्दै संसद बैठक आव्हान गरेपछि विशेषगरी माओवादी केन्द्र र यो दलका अध्यक्ष प्रचण्ड सशंकित बनेका छन् । उनले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आनाकानी गर्दै आएका छन् । 

कांग्रेस र माओवादीले जसपा (यादव समूह) र एमालेभित्रको माधव नेपाल समूहको समेत साथ लिएर अविश्‍वास प्रस्ताव ल्याउने तयारीमा जुटिरहेका बेला ओलीले चालेको यो कदमपछि उनीहरू नयाँ रणनीतिमा लागेका हुन । माओवादीले समर्थन फिर्ता नलिइकन विश्‍वास मत लिन ओली हतार गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

Advertisement

Advertisement