सीईडीबीको आईपीओमा १७ लाख ३६ हजारको आवदेन, १५ लाख बढिको हात खाली हुने

Advertisement

काठमाडौँ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण शेयर(आईपीओ)मा १७ लाख ३६ हजार ७ सय १ जनाको आवेदन परेको छ । आईपीओ भर्ने आज अन्तिम समयभित्र २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक सनराइज क्यापिटले जनाएको छ ।

सर्वसाधारणका लागि निष्काशन खुला भएको २३ लाख ४१ हजार ९ सय ५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १ सय ९१ जनालाई १० कित्ता र ४ जनालाई ११ कित्ता शेयर पर्नेछ । बाँकीको हात खाली हुने निश्चित छ । 

Advertisement

कम्पनीले वैशाख १७ गतेबाट कुल २५ लाख १८ हजार २ सय३० कित्ता आइपीओ निष्काशन खुला गरेको थियो । यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता शेयर कर्मचारी, ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता शेयर म्युचुअल फन्ड र  बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको थियो । 

कस्तो छ कम्पनी ? 
कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ । 

कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आबमा प्रति शेयर आम्दानी १३.०५ र प्रति शेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आव २०७५/७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभाँश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आबमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपियाँ हुनेछ ।
 

Advertisement

Advertisement