सगरमाथामा कोभिड: राष्ट्रियता बेच्नेहरूले अफवाह फैलाए: विभाग

Advertisement

काठमाडौं । कोभिड-१९ को संक्रमण न्यूनीकरण गर्न र जोखिम कम गर्न बुधबारसम्म काठमाडौं उपत्यकासहित ५१ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । काठमाडौंमा संक्रमण रोक्न सरकारले १९ वैशाखदेखि निषेधाज्ञा जारी गरेको छ । काठमाडौंबाट बाहिरिने र भित्रनेलाइ रोक्न र संक्रमणको जोखिम कम गर्न निषेधाज्ञा जारी भइरहेको अहिलेकै समयमा सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएकाहरूमाथि पनि कोरोना संक्रमणको आशंकासहित हल्ला हुन थालेको छ ।

सगरमाथा आधार शिविर पुगेका व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएको हल्ला चलेको छ । सरकारले आधिकारिक रूपमा कोरोना फैलिएको पुष्टि गरेको छैन् भने स्वास्थ्य मन्त्रालयले पनि हालसम्म सगरमाथामा गएका नागरिकमा संक्रमण भएको पुष्टि गरेको छैन् ।

Advertisement

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ आधार शिविरबाट हालसम्म गम्भिर प्रकृतिका विरामीको उद्धार नभएको, एक महिनादेखि आरोही र पर्वतारोहणसँग सम्बन्धित व्यक्तिहरू उत्तै रहेको तथा कोभिड लागेको भए आधार शिवरबाट माथि जानै नसक्ने भएको भन्दै आधार शिविरमा कोभिड फैलिएको हल्ला मात्रै चलेको बताउँछन् । तामाङ भन्छन्, ‘आधिकारिकता बिना नै भएको हल्ला राष्ट्रियता बेच्नेहरूले फैलाएको अफवाह मात्रै हो ।’

तामाङ भन्छन्, ‘कोभिड लागेको भए धमाधम उद्दार उडानको माग आउनुपर्ने थियो ।’ उनि भन्छन, ‘एक महिनादेखि आधार शिविरमा रहेका र सो भन्दा माथि पुगेका व्यक्ति संक्रिमत भएको भए कुनै न कुनै रूपमा अप्ठारो अवस्थामा पर्नसक्थे ।’ कोभिड संक्रमित व्यक्ति उचाइँतर्फ जान नसक्ने र संक्रमित भएकालाई एक साताभित्रै समस्या आउछ भन्ने गरिएको छ । तर आरोहामा गएकाबाट त्यस्तै कुनै गुनासो नआएको पर्यटन विभागको तर्क छ ।

विभागले सगरमाथासहितको आरोहणमा जाने सबैलाई काठमाडौंबाट बाहिरिनु अघि अनिवार्य पीसीआर रिपोर्ट पेश गर्न लगाएको थियो । तामाङ भन्छन्, ‘संक्रमित कोही व्यक्ति गएका रहेछन भने पनि लुक्लाबाट आधार शिविर पुग्ने ७÷८ दिन लाग्छ उक्त समयमा ठीक भइसकेको हुन्छ ।’ यदि संक्रमित भएको व्यक्ति भए त आधार शिविर पुग्नै नसक्ने र सो भन्दा माथि जान सक्ने सम्भावना नै हुँदैन् । त्यसैले आधार शिविर माथि उकालो लागेको आरोही समूहगत रूपमा हुन्छ भने एकले अर्कोलाई भेटेको पनि हुँदैन । आधार शिविरबाट माथि लाग्नेहरू एक महिनादेखि उतै रहेकोले पनि अहिले गरिएको हल्ला फर्जी उद्धारमा लाग्ने कम्पनी र व्यक्तिे फैलाएको हल्लाको रुपमा मात्रै लिइएको दाबी तामाङको छ । 

शंका गरिएकामाथि निगरानी
तामाङका अनुसार आधार शिविरबाट फर्किएको एक व्यक्तिले काठमाडौंको सिवेक क्लिनिकमा जाँच गराउँदा कोभिड पोजेटिभ देखिएको भन्ने विषयमा पनि सरकाले अध्ययन गरिरहेको बताए । यस अघि एक विदेशी नागरिकमा आधार शिविरबाट कोभिड लागेर फर्किएको भन्ने हल्ला जस्तै यो पनि त्यस्तै हो कि भनेर अध्ययन गरिरहेको तामाङले बताए । 

आरोहण क्वारेन्टिन जस्तै भएकोले संक्रमणको संभावना न्यून
हिमाल आरोहण आफैंमा आइसोलेसनमा हुने गतिविधि हुनुका साथै क्वारेन्टिन जस्तै भएकोले आरोहणमा गएका व्यक्तिबाट संक्रमण फैलिने संभावना न्यून रहेको दाबी सरकारी पर्यटन विभागको छ । विभागका अनुसार पाँच हजार मिटर माथि पुगेपछि हाई अल्टिच्यूडको समस्या हुन सक्छ । उताबाट विरामी भएर उद्धार गरेर ल्याएका व्यक्ति काठमाडौं आएपछि संक्रमित भएको हुनसक्छ ।

कोरोना महामारीकाबीच नेपालले मात्रै हिमाल आरोहण खुला गरेको छ । यो वर्ष सगरमाथाको लागि मात्रै ४३ टोलिबाट ४०८ जनाले अनुमति लिएर गएका छन् । यस्तो अनुमति लिनेमा विभिन्न २४ वटा एजेन्सीबाट १५ सय भन्दा बढी व्यक्ति आधार शिविर र सो भन्दा माथिको क्षेत्रमा छन् । संक्रमण पैmलियो भने कुनै न कुनै एजेन्सी र विदेशी संस्थाले गुनासो गर्न सक्ने तर अहिलेसम्म कसैले पनि गुनासो नगरेको विभागको बुझाइ छ ।

जोखिम कम गर्न सतर्क रहेरै आरोहण गर्न निर्देशन
पर्यटन विभागले महामारीको वेला भएकोले जोखिम रहेकाले भन्दै सतर्क रहेर आरोहणका गतिविधि गर्न निर्देशन गरेको छ । स्थानीय तथा सम्बन्धित ह्याण्डलिङ एजेन्सीलाई पनि निर्देशन दिइसकेको छ । कुनै कारणवस संक्रमण भयो भने एउटा एजेन्सीको टिमलाइ सिल गर्दा पुग्ने गरी व्यवस्थापन मिलाएको पनि पर्यटन विभागको भनाइ छ ।  विभाग यो विषयमा सतर्क भएरै बसेको छ भने आरोहणमा कोटा प्रणाली तोकिदिएको छ ।

विभागका अनुसार आरोहणमा जाँदा एक संक्रमण फैलने त हुनै सक्दैन बरु संक्रमण भइहाले फर्कदा चाहिँ भिडभाड हुनसक्ने भएको यसको लागि भने व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । सगरमाथा आरोहणमा दुईवटा टोलिबाट १८ जनाको अनुमति लिएर पठाएको एसियन ट्रेकिङका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा पनि कोभिड फैलिएको हल्ला मात्रै भएको बताउँछन् । उनको बुभाई पनि आधार शिविरसम्म जाँदा कोभिड लाग्ने सम्भावना कम रहेको र सो भन्दा माथि गएपनि पनि कोभिड भएकाबाट आरोहण संभव नभएको हँुदा सिमित व्यक्तिमा समस्या देखिदैमा कोभिड फैलिएको अफवाह आधार शिविरबाट चलाउन नहुने तर्क गर्छन् ।

विभिन्न हिमालबाट २२ जनाको उद्धार
विभिन्न हिमाल आरोहणका लागि भएका मध्येबाट यो वर्ष हालसम्म २२ जानाको उद्धार भएको छ । यस्तो उद्धार सबैजसो हाई अल्टिच्यूड लाग्ने तथा अन्य समस्यामा परेर भएको उद्धार हो । यस्तो उद्धारमा सगरमाथाबाट भने अहिलेसम्म सबैभन्दा कम मात्रै छ । अधिकांश उद्धार अरु नै हिमालबाट भएको पनि विभागको बुझाइ छ ।

सगरमाथा आधार शिविरको तुलनामा अरु क्षेत्रबाट बढी उद्धार उडानको माग आएको हेलिकप्टर सेवा प्रदायकको भनाइ छ । हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेल कोभिडका विरामी उद्धामा खटिएका हेलिकप्टरले आधार शिविरबाट कोभिडको शंका गरेका विरामी लिन जानु परेको छैन् ।

कोभिड लागेको शंका भएको विरामीबाट माग भए काठमाडौंबाट कोभिडकै लागि तयार पारिएको हेलिकप्टर जानुपर्ने हुन्छ । हालसम्म आधार शिविरबाट अरु विरामी तथा उद्धारको माग आएपनि कोभिडकै शंका गरेर भने उद्दार उडानको माग नआएको सोसाइटीको भनाइ छ । 
 

Advertisement

Advertisement