कर्मचारी सुरक्षण कोषको २० करोड लगानी गरिंदै, बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव आह्वान

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपियाँ लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव आह्वान गरेको  छ । 

कूल लगानीयोग्य रकम मध्ये मिति २०७८ जेठ २ गतेदेखि २०७९ जेठ २ गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खोली बैशाख २६ गते दिउँसो ४ बजे प्राप्त हुने गरी ब्याज दर प्रस्ताव गर्न अवकाश कोष इकाईले आह्वान गरेको हो । 

Advertisement

ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड र क वर्गका वाणिज्य बैंकमा १६ करोड लगानी गर्नका लागि प्रस्ताव आह्वान गरिएको बुधवार प्रकाशित सूचनामा उल्लेख छ । 

सञ्चालनमा अएको कम्तीमा २ वर्ष पूरा गरेका र अघिल्ले आवमा सञ्चालन मुनाफामा रहेका बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेश गर्न सक्ने छन् ।

      

Advertisement

Advertisement