कर रकम र विवरण बुझाउने समय थप गर्न क्यान महासंघको सरकारसँग माग

Advertisement

काठमाडौँ । क्यान महासंघले मूल्य अभिबृद्धि कर, अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन सरकारसंग माग गरेको  छ । 

महासंघका महासचिव नारायण थापाले आज विज्ञप्ति प्रकाशित गरी काठमाण्डौं उपत्यका लगायतका कतिपय जिल्लामा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन नपाउने ब्यबस्था, सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा पनि रोकका कारण कार्यालयसम्म पुग्न र विवरणहरु लिन नसकिने अवस्था भएको हुंदा क्यान महासंघ नेपाल सरकारलाई मूल्य अभिबृद्धि कर, अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेका हुन् । 

Advertisement

‘कतिपय स्थानमा कर्मचारीहरू आफै संक्रमित भएको अवस्था तथा स्वास्थ्य संवेदनशीलताका कारण कर्मचारीहरू कार्यालयसम्म आउन(जान सक्ने अवस्था नभएका कारण समेत तोकिएको समयमा कर विवरणहरु वुझाउन र कर रकम भुक्तानी गर्न सकिने अवस्था नहुंदा २५ गते भित्र कर विवरण तथा कर भुक्तानी गर्नै पर्ने र नतिरेमा जरिवाना लाग्ने ब्यबस्था अव्यवहारिक रहेको र यसमा सहुलियतपूर्ण ब्यबस्था गरिदिन क्यान महासंघ नेपाल सरकारसंग अनुरोध गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

Advertisement