सबैको लघुवित्तको सीईओमा पुनः पौडेल नियुक्त

Advertisement

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा केशवकुमार पौडेल पुनः नियुक्त भएका छन् । 

सीईओ पौडेलको कार्यकाल बैशाख ३१ गते सकिने भएपछि आज बिहान बसेको सञ्चालक समितिको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी थप ४ वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले जनाएका छन् ।  

Advertisement

सबैको लघुवित्त तनहुँ बन्दिपुरमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था हो । 
 

Advertisement

Advertisement