सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, यो साता प्रतितोला १ हजार ८ सय रुपियाँ बृद्धि

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य आज ह्वात्तै बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ३५ रुपियाँ बढेको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपियाँ निर्धारण गरिएको छ । 

हिजो भने छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा कारोबार भएको थियो । 

Advertisement

गत साताको अन्तिम दिन शुक्रबार ८९ हजार ९ सय रहेको सुनको मूल्य यो साताको अन्तिम दिन आज शुक्रबारसम्म आइपुग्दा १ हजार ८ सय बढेर प्रतितोला ९१ हजार ७ सय रुपियाँ पुगेको महासंघले जनाएको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपियाँबाट ५५ रुपियाँ बढेर १ हजार ३ सय ५० रुपियाँ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य उकालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ ।  

Advertisement

Advertisement