छोटो समयमै सेयर भाउ उच्च बिन्दुमा पुर्याएको महिला लघुवित्तको यस्तो छ वित्तीय अवस्था

Advertisement

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । यस अवधसम्म कम्पनीको नाफा लगायत सूचकहरू उत्साहजनक छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आईपुग्दा महिला लघुवित्तले छ करोड ४२ लाख रुपियाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । यो नाफा गत वर्षको भन्दा ११२ दशमलव ५४ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले तीन करोड दुई लाख रुपियाँ मात्र नाफा कमाएको थियो । 

Advertisement

यता, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ६१ दशमलव ६५ प्रतिशत र १४९ दशमलव ९० प्रतिशतले बढेको छ । गत वर्ष नौ करोड ९२ लाख रुपियाँ मात्र खुद ब्याज आम्दानी गरेको यो कम्पनीले यो त्रैमासमा बढाएर १६ करोड रुपियाँ पुर्याएको छ । 

यस्तै, कम्पनीले सञ्चालन नाफा पनि तीन करोड १७ लाख रुपियाँबाट बढाएर सात करोड ९२ लाख रुपियाँ पुर्याएको छ । चैत मसान्तसम्म यसले ८६ करोड २८ लाख रुपियाँ निक्षेप संकलन गर्दा तीन अर्ब १८ करोड रुपियाँ कर्जा लगानी गरेको छ । 

हाल यसको चुक्ता पुँजी १० करोड रुपियाँ रहेको छ भने जगेडा कोषमा १९ करोड १८ लाख रुपियाँ रहेको छ । महिलाको खराब कर्जा दुई दशमलव ५३ प्रतिशतबाट घटेर दुई दशमलव २५ प्रतिशत कायम भएको छ । 

महिलाको प्रतिसेयर आम्दानी ८५ रुपियाँ ६६ पैसा रहेको छ । महिलाले गत माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यस हप्ताको अन्तिम कारोबार दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता चार सय ४७ रुपियाँले बढेर पाँच हजार ३० रुपियाँ पुगेको छ । 

Advertisement

Advertisement