राष्ट्रियसभाको उपचुनावः एमालेले उम्मेदवार बनाएपछि बादल हेलिकप्टर चढेर हेटौंडा गए

Advertisement

काठमाडौं । हार्ने चुनावको उम्मेद्वार नहुने अडान लिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभा सदस्यको लागि हुन लागेको उपचुनावको उम्मेदवार हुन तयार भएका छन् । 

उम्मेदवारी दर्ताको दिन अन्तिम समयमा आएर एमालेले बादललाई नै उम्मेदवार बनाएको हो । स्थायी कमिटिको अनौपचारिक बैठकपछि गृहमन्त्री बादल उम्मेदवार हुन तयार भएका हुन् । उक्त पदका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहले मिलेर उम्मेदवार खडा गरेपछि बादल हच्किएका थिए । 

Advertisement

पार्टीले निर्णय गरेसँगै उम्मेदवारी दर्ता गर्न बादल हतार हतार हेलिकप्टर चढेर हेटौंडा गएका छन् । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहालसँग उनी सिम्रिक एयरको हेलिकप्टर चढेर हेटौंडा गएका हुन् ।

Advertisement

Advertisement