किसान बहुउद्देश्यीय सहकारीले स्थापना गर्यो अक्सिजन बैंक

Advertisement

काठमाडौँ । कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लम्की शाखाले अक्सिजन बैंक स्थापना गरेको छ । संस्थाले अक्सिजन नपाएर कोरोना संक्रमितको अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यका साथ सो बैंकको स्थापना गरेको हो । 

भाइरसका कारण अक्सिजन नपाएर संक्रमितको अकालमै मृत्यु नहोस् र उपचारलाई सहज बनाउन सकियो भनेर अक्सिजन बैंकको स्थापना गरेको  संस्थाका प्रोजेक्ट मेनेजर दीपकराज ढुङ्गानाले जानकारी दिए । 

Advertisement

दोस्रो लहरको कोरोनाका कारण सेती प्रादेशिक अस्पताल, टिकापुर लम्की र अन्य अस्पतालमा समेत अक्सिजन मात्रा कम भई संक्रमितको मृत्यु भइरहेका कारण संस्थाले यो अभियान थालेको उनको भनाइ छ ।  उनले कोरोना संक्रमणको दर कैलालीमा बढ्दै गएको र विभिन्न अस्पतालमा बिरामीको चाप बढ्दै गएको पाइएको पनि बताए । यस्तो  परिस्थितिमा संस्थाले कारोना संक्रमितको ज्यान जोगाउन आफ्नो तर्फबाट काम गरिरहेको उनको भनाइ छ । 

संस्थाले ४० थान अक्सिजन सिलिन्डर जम्मा गरी अक्सिजन बैंकको सुरुवात गरेको भन्दै स्थानीयले समेत खुसी ब्यक्त गरेको संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले बताए ।  

यसैबीच,किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि अब्बल संस्थाको रुपमा पुरस्कृत भएको छ । सदस्य सुरक्षणमा विश्वव्यापी सिद्धान्तहरुको पालना गरेको भन्दै संस्था अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट सर्टिफिकेट’ (प्रमाणपत्र)सहित पुरस्कृत भएको हो । 

ग्राहक/सदस्य सुरक्षणका सूचकांकहरुको अनुगमन तथा मूल्यांकन गर्ने अन्तराष्ट्रिय सञ्जाल ‘स्मार्ट क्याम्पियन’ ले संस्थालाई ग्राहक÷सदस्य सुरक्षणमा अब्बल संस्था रहेको ठहर गर्दै प्रमाणपत्र  सहित पुरस्कृत भएको संस्थाका प्रोजेक्ट मेनेजर ढुङ्गानाले जानकारी दिए ।​
 

Advertisement

Advertisement