कर्पाेरेट राशिफलः आज (वैशाख २६) तपाईंको अर्थ–व्यवसाय कस्तो रहला ?

Advertisement

आज २०७८ वैशाख महिनाको २६ गते आइतबार, वैशाख कृष्णपक्षको त्रयोदशी तिथि । आज कानून दिवस ।

मेष 
मनमा दुविधा हुने छ । सुख सुविधामा कमि आउने छ । घर घडेरी, गाडि, सवारीसाधन आदी खर्च हुने वा नोक्सान हुने योग रहेकाले सतर्क भएर अघि बढ्नु पर्ने समय रहेको छ । पेशागत र ब्यावसायिक जीवनको हकमा भने समय त्यति प्रतिकुल छैन् । श्रम क्षेत्र, ठेक्का पट्टा, फलाम, उद्योग कलकारखाना, विषादीको ब्यापार, औषधी, सिमेण्ट, डण्डी आदी जस्ता ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । आत्माबल बलियो हुने छ । शेयर बजार औसत रहे पनि सकारात्म तर्फ ढल्केको छ । 

Advertisement

वृष 
कमाई, आम्दानी तथा आफ्नो इच्छापूर्ति प्राप्तिका लागि मन दृढ हुने छ । प्रभावकारी ब्यक्तित्व हुने छ । पेशागत तथा ब्यावसायिक जीवनमा पनि सकारात्मकता थपिने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरु पूरा हुनेतर्फ प्रगति हुने छ । पानी, कोल्ड ड्रिङ्स, मदिरा, आइसक्रिम, आयात, एकाउन्टेण्ट, आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने समय छ । शेयर बजार सकारात्मक रहेको भए पनि अति बढि उत्साह त्याग्नु पर्ने समय देखिन्छ । 

मिथुन 
धन सम्पत्तिको बृद्धि हुने छ । पारीवारिक लगानी वा संलग्नमा गरिएका ब्यापार विजनेश फष्टाउने छ, यसमा प्रगति हुने छ । रिस धेरै उठ्ने भएकाले यसले भने काम बिगार्ने भएकाले संयमित रहनु होला । नेतृत्वदायी ब्यक्तित्व हुने छ । भाग्यहिनताको अनुभुति हुने भएकाले केही कार्य बिलम्बता भने हुने छ । पुस्तक, शिक्षा क्षेत्र, स्टेशनरी, शिक्षक, प्राध्यापक, अध्यापक जस्ता क्षेत्रमा संलग्नहरुका लागि केही सकारात्मक अवस्था सृजना हुने छ । शेयर बजारले फाइदा दिने सम्भावना न्यून मात्र देखिन्छ । 

कर्कट
आफ्नो सक्रियतामा भाग्योदय हुने छ । सक्रियखाले ब्यक्तित्व हुने छ । अरुको विश्वास जित्न सक्ने शक्ति पैदा हुन्छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । पानी, मदिरा, दुध, कोल्ड ड्रिक्स, आयात, निर्यात, आदीको ब्यापारमा संलग्नहरुका लागि समय सकारात्मक देखिन्छ । तर होटल, रेष्टुरेण्ट, ठेक्का पट्टा जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय प्रतिकुल रहेको छ । शेयर बजारमा धेरै जोमि मोल्ने समय छैन् ।

सिंह
मनमा खिन्नता र उदासिनताले डेरा जमाउने छ । चिसोले अत्याधिक सताउने भएकाले संयम रहनु होला । भाग्यको एक हदसम्म साथ रहेकाले आत्माबलमा सुधार आउने छ । पेशागत र ब्यावसायिक जीवनमा नकारात्मकता देखिने छैन् । राखिएका लक्ष्य प्राप्त हुने छन्, आम्दानीमा बृद्धि हुने छ । औषधी, सौन्दर्य प्रशाधनका सामान, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति जस्ता क्षेत्रमा संलग्नहरुको आम्दानीमा बृद्धि हुने छ । शेयर बजारको लगानी संयमित भएर मात्र अघि बढ्दा उपयुक्त हुने छ । 

कन्या
जीवन साथि वा साझेदारीको साथमा गरिएका कामहरुले फाइदा दिने छन् । आत्माबलमा भने कमि आउने छ । दाम्पत्य जीवनमा आम्दानीको विषयलाई लिएर खटपटहरु देखिन जाने छन् । नेतृत्वदायि भुमिकाको जिम्मेबारी अपेक्षा गरेको जस्तो हुन नसक्दा आफूभन्दा माथिका निकायबाट मुल्यांकनमा कमि आउने छ । पेशागत जीवन तथा ब्यावसायिक जीवनमा सचेत भएर ब्यवहार गर्नु पर्ने समय छ । शेयर बजार अनुकुल देखिन्छ । 

तुला 
ब्यापार ब्यवसाय तथा पेशागत जीवनमा समास्याहरु देखा पर्न जाने छन् । उतार चढाव देखा पर्ने छ । मनमा उदासिनताको मात्र बढ्न जाने छ । पितासँगको सम्बन्धमा पनि कटुता आउने भएकाले सतर्कताको आवश्यकता छ । दाम्पत्य जीवनमा नेतृत्वका विषयमा प्रतिष्पर्धात्मक सोच हुने भएता पनि जीवनसाथिको साथले काम गरेमा फाइदा हुने छ । 
इन्जिनियरिङ्ग, पुस्तक, स्टेसनरी, छापाखाना, प्रेस जगत, आम संचारमाध्यम, पत्रकारिता, बाचन पेसा, ब्युटिसियन जस्ता क्षेत्रमा सक्रियहरुले आम्दानी गुमाउनु पर्ने छ । शेयर बजार अनुकुल रहेको छैन् ।

वृश्चिक
भाग्यको बलियो साथ रहेकाले प्रतिकुल समयमा जुध्ने तागत प्राप्त हुने छ । शरीरमा कमजोरीले सताउने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, सुरक्षा निकाय, रियल स्टेट, ठेक्का पट्टा, सर्जरी आदीमा कार्यरतहरुको पेशागत जीवनमा अड्चनहरु देखा पर्ने छन् । आत्मबलको कमि हुने भएकाले कमजोर ब्यक्तित्व हुन पुग्ने छ । साझेदारीमा गरिएका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । शेयर बजार सकारात्मक रहेको छ ।

धनु 
भाग्यको बलियो साथ रहेको भएता पनि सुख सुविधामा कमि आउने छ । सवारीसाधन, आयात निर्यात, पानी, मदिरा, डेरी प्रडक्ड आदी जस्ता क्षेत्रमा आवद्धहरुको पेशामा अवरोधहरु उत्पन्न हुने छन् । परिवारको साथ रहने रहनाले देखा परेको कठिनाईहरुसँग जुध्न बलियो साथ मिल्ने छ । पेशागत जीवनमा विभिन्न अवरोध तथा समस्याहरु उत्पन्न हुने भएकाले सतर्कतासाथ काम गर्नु होला । खासगरी बोलीलाई संयमित बनाउनु होला । शेयर बजार अनुकुल रहेको छ । 

मकर 
जीवनसाथिको साथले मेहनति र पराक्रमि बनाउने छ । दृढ ब्यक्तित्व हुने छ तर रिसको मात्रामा अस्वाभाविक बृद्धि हुने भएकाले रिस नियन्त्रण नगरेमा ब्यक्तित्वमा ठुलो गिरावट आउने छ । पारीवारिक जीवनमा मधुरता आउने छ । अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्र, कुटनीति, पुरातात्विक क्षेत्र, खोज अनुसन्धानको क्षेत्र, गुप्तचरी क्षेत्रमा आवद्धहरुलाई अनुकुल समय रहेको छ । शेयर बजार औसतमा सकारात्मकता तर्फ ढल्केको छ । 

कुम्भ 
सितल र शान्त स्वाभावको ब्यक्तित्व हुने छ । बोलीमा पनि मधुरता आउने छ । आम्दानीमा बृद्धि हुने छ । आम्दानीमा बृद्धि हुने छ । मेहनति र पराक्रमी भाव मनमा पैदा हुन जाने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा आलोचना गर्नेहरुको संख्या बढ्ने छ । वाहन, सजावटको कारोवार, रियल स्टेट, सवारीसाधन, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय सकारात्मक छ । शेयर बजारको हकमा समय प्रतिकुल देखिन्छ । 

मीन
कुल खालको ब्यक्तित्व हुने छ । क्याल्कुलेटिभ माइण्ट हुने छ । पेशागत जीवनमा भने नसोचिएका समस्याहरु देखा परेर अबरोधहरु उत्पन्न हुन जाने छ । तै पनि आम्दानीमा हुने झिनो बृद्धिले मनमा केही सन्तोष र राहत प्रदान गर्ने छ । परिवारका सदस्यहरु नेतृत्व लिने विषयमा द्वन्द चर्किन जाने छ । सामान ढुवानी, भाडाका ढुवानीका सवारीसाधन, सिमेण्ट, फलाम, रियलस्टेट, ठेक्का पट्टा, जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय केही सकारात्मक देखा परेको छ । शेयर बजारमा धेरै महत्वाकांक्षी हुने बेला देखिँदैन् । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement