सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौँ । साताको पहिलो आज सुनको मूल्य बढेको छ भने चाँदीको चाँही घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ बढेको हो भने चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपियाँ ३ सय रुपियाँ र चाँदीको मूल्य १ हजार ३ सय ४५ रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

गत साताको अन्तिम दिन शुक्रबार भने छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९१ हजार रुपियाँ २ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपियाँमा किनबेच भएको थियो । 


 

Advertisement

Advertisement