हिमालयन डिष्टिलरीको नाफा र प्रतिशेयर आम्दानी  उत्साहजनक

Advertisement

काडमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिसम्म कम्पनीको प्रमूख सूचकहरू उत्साहजनक नै देखिन्छ । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६७ करोड २७ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। 
कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव ८९ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४३ करोड ७१ लाख रुपियाँ खुद नाफा कमाएको थियो।

Advertisement

समीक्षा अवधिमा हिमालयन डिष्टिलरीको बिक्री आम्दानी ९ प्रतिशत बढेर तीन अर्ब ८९ करोड ५१ लाख रुपियाँ पुगेको छ । त्यसैगरी, कम्पनीको चुक्ता पूँजी यस अवधिमा ५० प्रतिशत बढेर ८६ करोड ७७ लाख रुपियाँ पुगेको छ । 

यता यसको जगेडा कोष १८ दशमलव ८६ प्रतिशत बढेर ७६ करोड ८२ लाख रुपियाँ पुगेको छ । खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय रुपियाँ ७६ पैसा रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १०३ रुपियाँ ३७ पैसा कायम भएको छ ।

Advertisement

Advertisement