सिप्रदीले अति आवश्यक गाडीहरुको आकस्मिक मर्मत सेवा दिने, पैसा नलाग्ने नम्बरमा फोन गर्न सकिने

Advertisement

काठमाडौँ । विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट अति आवश्यक गतिबिधि बाहेक सम्पूर्ण क्रियाकलापहरु निषेध गरी जारी गरिएको आदेशलाई ध्यानमा राख्दै सिप्रदीका सबै शाखाहरु बन्द गरिएका छन् । तर स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको कम्पनीले जनाएको छ । 

हाल सिप्रदीबाट एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारी साधनहरुलाई सेवा दिइरहेकोे छ । यस आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको  छ । 

Advertisement

अति आवश्यक सेवा प्रदान गरिरहेका गाडीहरुलाई चौबीसै घण्टा सेवा दिने गरिएको छ । केही परि आएको अवस्थामा हामीलाई १६६००१५५७७७ (एनटीसी) वा ९८०१५७५७७७ (एनसेल० मा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । यसका साथै अन्य जानकारीको लागि  सिप्रदीको २४ विभिन्न स्थानबाट सेवाका लागि परिचालित डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सकिने छ । 

सिप्रदीले आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप सेवा प्रदान गर्न तत्पर रहेको जनाएको छ । अब सिप्रदीका ग्राहकहरुले सिप्रदी एप्स डाउनलोड गरेर पनि सर्भिस बूकिङ गर्न सक्ने छन् ।        
 

Advertisement

Advertisement