एनसेल नयाँ योजनाः हरेक दिन स्मार्टफोन जित्ने सकिने

Advertisement

काठमाडौं । एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई)बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले यो योजना मंगलबारदेखि लागु हुने जानकारी दिएको छ । 

इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिनदेखि ७ दिनको लागि संचालनमा रहनेछ । यस योजनाअन्तर्गत यूएईबाट धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् । 

Advertisement

यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । कोरोनाभाइरसको दोस्रो लहरले सिर्जना गरेको यो विषम परिस्थितिमा यो योजनाले एनसेलको नेटवर्कमार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्दत गर्ने कम्पनीको भनाई छ । 

विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । हाल लागू भएको निषेधाज्ञा हटेको एक हप्तापछि विजयी ग्राहकले आफूले जितेको स्मार्टफोन लिन सक्ने कम्पनीको भनाई छ । 


स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

Advertisement

Advertisement