सुनको मूल्य प्रतितोला ९२ हजार पुग्यो

Advertisement

काठमाडौँ । सुनको मूल्य प्रतितोला ९२ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपियाँमा किनबेच भएको थियो । 
 

Advertisement

Advertisement