शेयर बजारमा करेक्शन हुँदा पनि कारोबार ४ अर्बमा खुम्चियो, पुनर्बीमा कम्पनीको सबैभन्दा बढी

Advertisement

काठमाडौँ । शेयर बजारमा आज करेक्शन देखिएको छ । हिजो दोहोरो अंकले घटेको बजार आज भने उत्साहजनक ढंगले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २७.४१ अंकले बजार बढेको हो । १.०५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६४५.८४ अंकमा उक्लिएको छ । 

Advertisement

नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । आज १२८ कम्पनीका ७५ लाख ७९ हजार ३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७ सय ८९ रुपियाँ बराबरको कारोबार भएको हो । हिजो भने नेप्से १८.५६ अंकले घट्दा पनि ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७१ रुपियाँ बराबरको कारोबार भएको थियो । 

आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ३४६.०३ अंक र जीवन बीमा समूह १३७.८२ अंकले बढेको हो । 

नेप्सेका अनुसार आज सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनी(आरबीसीएल)को शेयर मूल्य बढेको छ । कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले नाफा कमाएका हुन् । 

त्यसैगरी विशाल बजार कम्पनी(बीबीसी)का शेयरधनीहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले घाटा व्यहारेका छन् । 

आज नेपाल पुनर्बीमा कम्पनी(एनआरआईसी)को उच्च कारोबार भएको छ । एनआरआईसीको २७ करोड ४ लाख २७ हजार ९ सय ३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 


 

Advertisement

Advertisement