राशिफलः कस्तो रहला तपाईंको आजको व्यापार, व्यवसाय, सेयर बजार ?

Advertisement

आज २०७८ वैशाख महिनाको २८ गते मंगलबार, वैशाख कृष्णपक्षको औँसी तिथि । मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । 

मेष 
समय धेरै अनुकुल नभए पनि धेरै प्रतिकुल पनि हुने छैन् । नेतृत्वदायी क्षमतामा बृद्धि हुने छ भने भूमिका पनि प्राप्त हुने छ । तर मनमा उदासिनता बढ्ने भएकाले खिन्नताको सामना गर्नु पर्ने छ । पेशागत जीवन तथा ब्यवसायमा समय औसत रहेको छ । कमाईमा भने झिनो भए पनि बृद्धि हुने छ । उद्योग कलकारखाना, विषादीको ब्यापार, केमिकलको कारोवार, ठेक्कापट्टा, श्रम क्षेत्र, फलाम, ग्रिल ब्यवसाय, औषधी, सिमेण्ट, फलामे डण्डी आदी जस्ता ब्यवसायमा संलग्नहरुलाई फाइदा हुने छ । शेयर बजार सकारात्मक बन्ने छ ।

Advertisement

वृष 
भाग्य बलियो छ, त्यसैले असजिलो परिस्थितिसँग जुध्नका लागि ठुलो साहस प्राप्त हुने छ । मनमा भने दुविधा बढ्ने छ, यसले उदासिनताको मात्रा बढाउने छ । प्रभावकारी ब्यक्तित्व हुने छ, निखारता आउने छ । पेशागत तथा ब्यावसायिक जीवनमा सकारात्मक छ । किराना पसल, दैनिक उपभोग्य सामानको ब्यापार, प्राज्ञिक क्षेत्र, शिक्षा क्षेत्र लेखन जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजार सकारात्मक रहे पनि संयमित नै हुनु पर्ने समय छ । 

मिथुन 
रिस अत्याधिक बढि उठ्ने खालको अवस्था छ, त्यसैले रिस नियन्त्रण गर्न हरदम संयमित रहनु होला । धन सम्पत्ति थपिने छ । तर मनमा भने असन्तुष्टिका मनोभावनाहरु हरदम आइरहने छन् । आँटिलो ब्यक्तित्व हुने छ । परिवारका सदस्यहरुलाई सम्मान र माया ब्यक्त नगर्ने सोचका कारण आत्मियताको कमि हुन जाने छ । प्राध्यापन, बौद्धिक क्षेत्र, छापाखाना, शिक्षण, पुस्तकको ब्यापार, शिक्षा क्षेत्र, स्टेशनरी, अध्यापक, प्रशिक्षण जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय केही सकारात्मक छ । शेयर बजार अनुकुल छैन् । 

कर्कट
अरुको विश्वास जित्ने समय छ । आफ्नो कर्म र पेशा तथा ब्यवसायप्रति समर्पित हुने ब्यक्तित्व हुने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । आफ्नै भुमिका र सक्रियतामा पेशागत र ब्यापार ब्यवसायमा सक्रियता बढ्ने छ । प्राज्ञिक क्षेत्र, अध्ययन अध्यापन, पत्रकारिता, स्टेसनरी, शिक्षा क्षेत्र, धार्मिक क्षेत्रमा सक्रिय ब्यक्तिहरुमा समय प्रतिकुल रहेको देखिन्छ । शेयर बजारमा संयमिताको खाँचो छ । 

सिंह
भाग्य बलियो छ । यसले गर्दा प्रतिकुलतासँग जुध्ने तागत पैदा हुने छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनमा नकारात्मक समय नभए पनि समय धेरै अनुकुल नरहेकाले सन्तुलित भएर अघि बढ्दा उपयुक् तहुने छ । महत्वाकांक्षा पुरा हुनेतर्फ जाने छन् । औषधी आपूर्ति, कपडा, ठेक्का पट्टा, सौन्दर्य प्रशाधनका सामान, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामानको आपूर्ति जस्ता क्षेत्रमा संलग्नहरुको आम्दानीमा बढोत्तरी हुने छ । शेयर बजारमा सकारात्मक रहेको छ । 

कन्या
सोचेका लक्ष्यहरु पुरा हुने छैनन् । मनमा उत्साह र उमङ्गको कमि हुने छ । मनमा निराशाले घेर्ने छ । कमाई अनुत्पादक क्षेत्रमा जाने छ । दाम्पत्य जीवनमा असमझदारी आउने छन् । साझेदारीमा गरिएका कामहरुमा मनमुटाव देखा पर्ने र झैझगडाको अवस्था आउने भएकले सतर्क रहनु होला । ठेक्का पट्टा, ज्वेलर्स इन्जिनियरिङ्ग, राजनीति, प्रशासन, निजामति, जस्ता पेशामा आबद्धहरुको हकमा प्रतिकुल समय रहेको छ । पेशा ब्यवसायमा बाधा अबरोधहरु आउने छन् । शेयर बजार भने अनुकुल देखिन्छ । 

तुला 
भाग्यहिनताको आभाष हुने भएकाले काममा जाँगर चल्ने छैन । परिवारको साथ पाइने हुनाले प्रतिकुलतामा केही ठोस सहयोग प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर काम गरेरमा पेशा ब्यवसायमा सकारात्मक अभिबृद्धिका लागि मद्धत पुग्ने छ । यसले आम्दानीमा पनि बृद्धि गराउने छ । इन्जिनियरिङ्ग, आम संचारमाध्यम, पत्रकारिता, स्टेसनरी, पुस्तक, छापाखाना, प्रेस जगत, सौन्दर्य ब्यवसाय जस्ता क्षेत्रमा सक्रियहरुको पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । तर राजनीति, प्रशासन, ब्यवस्थापन जस्ता क्षेत्रमा सक्रियहरुलाई भने समय केही अनुकुल रहेको छ । शेयर बजार भने अनुकुल देखिँदैन् ।

वृश्चिक
आलस्यता बढ्ने छ । शरीरमा कमजोरी बढ्ने छ । समय प्रतिकुल रहेकाले विचार गरेर मात्र कार्यहरु गर्नु होला । नकारात्मक विचार र निराशाले सताउने छ । मनमा दुबिधा हुने भएकाले निर्णय क्षमतामा ह्रास हुने छ । होटल, रेष्टुरेण्ट, घर जग्गाको कारोवार, ठेक्का पट्टा, डान्सबार, सुरक्षा निकाय, सर्जरी आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समस्याहरु उत्पन्न हुने छन् । नेतृत्व क्षमतामा कमि आउने छ । शेयर बजार सकारात्मक हुने छ ।

धनु 
मन दृढ हुने छ । भाग्य बलियो छ । इच्छा शक्तिको अभाव हुने हुँदा थालेका कामहरु अथ्वा गरि आएका कामहरुलाई दृढतापूर्वक बढाउने बारेमा अन्योलता छाउने छ । पेशागत जीवनमा विभिन्न अवरोध तथा समस्याहरु उत्पन्न हुने भएकाले धैर्यताको खाँचो छ । बोलीमा अप्रियता हुने भएकाले बोल्दा संयमित रहनु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद चर्किन जाने छ । बाणिज्य, बैंकिङ्ग तथा वित्त क्षेत्र, पत्रकारिता, ब्यवस्थापन, जस्ता क्षेत्रमा सक्रियहरुको पेशागत जीवनमा कठिनाईहरु उत्पन्न हुने छन् । शेयर बजार अनुकुल रहने छ । 

मकर 
आम्दानीमा केही बृद्धि हुने छ । उच्च मनोबल भएको ब्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि बृद्धि हुने छ । तर रिस नियन्त्रण गर्ने विषयमा गम्भीरतापूर्वक लिनु होला । परिवारका सदस्यहरु बीचमा मधुरताको कमि आउने छ । अनुसन्धान, खोज, गुप्तरी, अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीति, पुरातात्विक क्षेत्र, जस्ता बिधामा रहेकाहरुलाई अनुकुल समय छ । शेयर बजार औसत अवस्थाबाट गुज्रने समय छ । 

कुम्भ 
आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा केही शिथिलता आउने र नकारात्मक भावना उत्पन्न हुने भएकाले धैर्य रहनु होला । यस्तो अवस्थामा जीवनसाथिको साथ लिएर अघि बढेमा मेहनत र पराक्रमिपनामा बृद्धि हुन जाने छ । परिवारको सदस्यहरुको भरपुर साथ पाइने छ । घर जग्गाको कारोवार, सवारीसाधन, सजावटको कारोवार, सवारीसाधन, सौन्दर्य प्रशाधन जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय अनुकुल बन्ने छ । शेयर बजारको हकमा समय औसत तर प्रतिकुलतर्फ ढल्केको रहने छ । 

मीन
भाग्यको बलियो साथ रहेको छ । मनमा सुख र सन्तोष प्राप्त हुने छ । परिवारको सदस्यहरुका बीच टकराब उत्पन्न हुने छ । पेशागत जीवनमा विभिन्न खाले समस्याहरु निम्तिने छन् । आम्दानीमा भने केही सकारात्मकता थपिने छ । सिमेण्ट, फलाम, ग्रिल, घर जग्गाको कारोवार, रियलस्टेट, भाडाका सवारीसाधन, सामान ढुवानी, ठेक्का पट्टा, विषादीको कारोवार गर्नेहरुलाई फाइदा मिल्ने समय छ । शेयर बजार संयमता अपनाउनु होला ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement