सुनको मूल्य आज पनि ३ सय रुपियाँ बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । सुनको मूल्य निरन्तर बढिरहेको छ । आज पनि सुन प्रतितोला ३ सय रुपियाँ बढेको छ । चाँदी भने प्रतितोला १५ रुपियाँ घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपियाँ निर्धारण गरिएको छ ।

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार रुपियाँ, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपियाँमा कारोबार भएको थियो ।  

त्यसैगरी आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपियाँमा किनबेच भएको थियो । 
 

Advertisement

Advertisement