सस्तो ब्याजदरमा कर्जा दिन 'कासा' डिपोजिट बढाउँदै बैंक, वाणिज्य बैंकहरूमा ७० प्रतिशतसम्म 'कासा'

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न तथा लागत खर्च कम गर्न चल्ति र बचत खाताबीचको मिश्रण अनुपात (कासा) डिपोजिट बढाउँदै लगेका छन् । ब्याज नपाउने चल्ती खाता र ब्याज पाउने बचत खाताबीचको अनुपात कासा हुने र यो बढाउँदा बैंकहरूले सस्तोमा कर्जा प्रवाह गर्न सक्ने नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्याय बताउँछन् । उनी भन्छन्, ‘कासा डिपोजिटलाई प्राथमिकता दिएका बैंकको लागत खर्च कम पर्छ भने यसले सस्तोमा ब्याज दिन सक्ने हुन्छ ।’ त्यसैले यस्तो कासा प्रवद्र्धन गर्नमा दुई वर्षदेखि बढी जोड दिन थालिएको उपाध्याय बताउँछन् ।

कासा डिपोजिटले बैंकको लगानीलाई समिश्रण गरेको हुन्छ । कासालाई प्रवद्र्धन गरेर ६० प्रतिशत पुर्याउने र बाँकी रकम मुद्धति र अरुको हिस्सा राख्न पनि सक्नेले प्रोडक्टिभिटि बढ्ने र थोरैमा पनि बढी मार्जिन आउन भने बुझाई बैंकर्सहरूको छ ।

Advertisement

वाणिज्य बैकहरूसँग वैशाख २४ सम्ममा कासा डिपोजिट ७०.४१ प्रतिशतसम्म रहेको छ । यस्तो डिपोजिट धेरै हुनेमा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ भने सबैभन्दा कम सिभिल बैंकको २५.४५ प्रतिशत रहेको बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । संघका अनुसार वाणिज्य बैंकहरूको यस्तो कासा डिपोजिटको औषत अनुपात भने ४३.४७ प्रशितशत रहेको पनि तथ्यांकमा उल्लेख छ ।

२७ वटा वाणिज्य बैंकहरूले संकलन गरेको ३९ खर्ब ४५ अर्ब कुल निक्षेपमा कल निक्षेपको हिस्सा ७.९४ प्रतिशत अर्थात ३ खर्ब १३ अर्ब रहेको छ । यसमध्ये कासाको हिस्सा औषतमा ४३ प्रतिशत रहेको छ । हाल वाणिज्य बैंकहरूसँग चल्ति खातामा ३ खर्ब ६५ अर्ब रुपियाँ छ भने बचत खातामा १३ अर्ब ६० अर्ब रुपियाँ रहेको छ । कासामा डिपोजिटमा भने १७ खर्ब २५ अर्ब रुपियाँ रहेको तथ्यांकमा उल्लेख छ ।

बैंकहरूसँग रहेको अस्थिर निक्षेप मानिने कल डिपोजिट तीन खर्ब १२ अर्ब रुपियाँ छ । यस्तो डिपोजिट जुनसुकै बेला आउने र जाने हुन सक्ने भएकोले बैंकहरूले कल डिपोजिटको हिस्सा कम र बचत तथा मुद्धतिको हिस्सालाई बढाउने पनि गरेका छन् ।

कासा डिपोजिट धेरै हुनेमा राष्ट्रि वाणिज्य बैंकपछि नविल बैैंकको ६५.०६ प्रतिशत,  स्याण्डर्ड चार्टर्ड बैंकको ६४.७३ प्रतिशत छ । कृषि विकास बैंकको कासा डिपोजिट ४८.१७ प्रतिशत रहेको छ । त्यसपछि अरू वाणिज्य बैंकहरूको यस्तो डिपोजिट ४६ प्रतिशत भन्दा कम छ ।

बैंकहरूको सस्तो ब्याजमा ऋण दिन गरेको चल्ति र बचत खाताको समिश्रण कासा भएको हुँदा यसले खर्च कम गर्न सहज हुने र कम ब्याजदरमा ऋण प्रवाह गर्न सजिलो बनाउने बैकर्स संघका उपाध्यक्ष उपाध्याय बताउँछन् । यस्तो कासा कुल निक्षेप र कल निक्षेपमा निर्भर गर्छ ।

दीर्घकालिन लगानी बढाउँदैन
कासा डिपोजिटले दीर्घकालिन लगानी भने नबढाउने बैंकहरूको भनाइ छ । लामो समयको लागि लगानी गर्न र दीर्घकालिन योजनामा लगानीका लागि भने मुद्धती निक्षेप तथा ऋणपत्र नै चाहिने भएको पनि उनको भनाइ छ । त्यसैले जलविद्युत् तथा अन्य दीर्घकालिन आयोजनामा लगानी गर्नकै लागि पनि ऋणपत्र जारी गरेर लामो समयको लागि लगानी जुटाउनुपर्ने  उपाध्याय बताउँछन् । पछिल्लो समय बैंकहरूले तत्काल पाउने नाफाको लागि छोटो समयको लगानी गरिरहेका हुन्छ । जसको कारण नेपालमा उद्यम भन्दा ट्रेडिङ व्यवसाय फस्टाइरहेको छ ।  
 

Advertisement

Advertisement