एमाले नेता पशुपति चौलागाईंको कोरोनाका कारण निधन

Advertisement

काठमाडौँ । नेकपा एमालेका नेता पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो ।

एमालेका नेताहरूले सामाजिक सञ्जालमार्फत चालागाईंको निधनको पुष्टि गरेका छन् । उनले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल भर्ना भएका थिए ।

Advertisement

दोलखाबाट प्रदेश साँसद बनेका चालागाईं २०५६ सालको निर्वाचनमा सोही जिल्लाबाट निर्वाचित भएका थिए । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट उनी निर्वाचित भएका थिए । 

Advertisement

Advertisement