एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र अपि पावरको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार एभरेष्ट इन्स्योरेन्सले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु.७२० कायम गरिएको छ । यसअघि कम्पनीको शेयरमूल्य रु. ७७८ थियो । 

Advertisement

यसैगरी अपि पावरले शेयरधनीहरुलाई २९.३८ प्रतिशत हकप्रद शेयर दिएकाले प्रतिशेयर मूल्य रु. २९६ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि कम्पनीको शेयर मूल्य रु. ३५३ थियो । 

समायोजन गरिएको मूल्यबाट यी दुई कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement