माछापुच्छ्रे बैंकका पूर्वसीईओ श्रेष्ठको कोरोनाका कारण निधन

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज श्रेष्ठको कोरोना संक्रमणका कारण अल्पायुमै मृत्यु भएको छ ।  श्रेष्ठको बुधबार बिहान ११ बजे निधन भएको समाचार छ । 

तात्कालिन ग्रिनलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठसँग ग्लोवल आइएमई, एनआईसी एसिया, माछापुछ्रेलगायतका बैंकमा काम गरेको अनुभव थियो । 

Advertisement

सनराइज बैंकमा सीईओ नियुक्ती भए पनि बैंकको आन्तरिक किचलोका कारण पदबहाली नगरी छोडेका उनी केही समयदेखि बेरोजगार थिए । 

मंगलबार राति ११ बजे मात्रै बुबालाई गुमाएका उनले आज आफूले छोडेर गएका हुन् । बुबाको पनि कोरोनाको कारण मृत्यु भएको नेपाल बैंकर्स एशोसियशनका अध्यक्ष भुवन दाहालले बताए । 

श्रीमती र छोरी पनि कोरोना संक्रमित भई उपचारका लागि दिल्ली गएको बेलामा निरज श्रेष्ठको निधन भएको हो । उनको परिवार अहिले काठमाडौं फर्किने तयारीमा रहेको दाहालले बताए । 

कोरोनाका कारण केही दिनदेखि अस्पतालमा रहेका श्रेष्ठको स्वास्थ्यमा सुधार आएको ठानिए पनि आज एक्कासी निधन भएको हो । 

Advertisement

Advertisement