नेप्से थोरै उचालिंदा कारोबार रकममा भने उत्साह, १२ कम्पनीका लगानीकर्ता मालामाल

Advertisement

काठमाडौँ । शेयर बजारमा आज झिनो अंकले बढे पनि कारोबार रकम भने उत्साहजनक नै रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ०.५६ अंकले मात्रै बढेको हो । ०.०२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक थोरै माथि उक्लिदैं २६७३.८८ अंकमा पुगेको छ । 

आज २१५ कम्पनीका १ करोड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

बजारमा झिनो सुधार देखिएपनि विकास बैंक समूह २.८१ अंक, जलविद्युत समूह ३१.७९, वित्त समूह १५ अंक, निर्जीवन बीमा समूह ३१.६ अंक, उत्पादनमूलक समूह १००.६६ अंक, म्युचुअल फण्ड ०.०६ अंक र लगानी समूह ०.७७ अंकले बढेको छ । बाँकी समूहमा भने रातो पोतिएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ६६.८६ अंकले घटेको हो । 

नेप्से झिनो अंकले बढे पनि १२ कम्पनीका लगानीकर्ताले आज ९ प्रतिशत बढी नाफा कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल(तराई) लिमिटेड र आँखुखोला जलविद्युतको शेयर मूल्य १०–१० प्रतिशतले बढेको छ । 

त्यसैगरी विशाल बजार कम्पनी ९.९९ प्रतिशत, रु रु जलविद्युत ९.९७ प्रतिशत, समता घरेलु लघुवित्त ९.९६ प्रतिशत, खानीखोला हाइड्रो ९.९४ प्रतिशत, यूनियन हाइड्रो ९.९४ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड ९.७१ प्रतिशत, दिव्यश्वरी हाइड्रो ९.६८ प्रतिशत, युनिलिभर नेपाल लिमिटेड ९.६२ प्रतिशत र जोशी हाइड्रोको शेयर मूल्य ९.५२ प्रतिशतले बढेको हो ।
 
नेप्सेका अनुसार आज पनि नेपाल पुनर्बीमा कम्पनीकै उच्च कारोबार भएको छ । पुनर्बीमाको ३५ करोड १६ लाख २५ हजार १ सय २९ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

Advertisement

Advertisement