रेमिट्यान्स आय १६ प्रतिशतले बढ्यो, चैतसम्ममा ७ खर्ब २९ अर्ब भित्रियो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा ७ खर्ब २९ अर्ब दुई करोड रुपियाँले रेमिट्यान्स आय भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चैत २०७७ सम्मको तथ्यांक अनुसार गत महिना फागुनको तुलनामा रेमिट्यान्स १३ प्रतिशतले बढेको छ ।

अघिल्लो महिना फागनुमा ६ खर्ब ४२ अर्बको रेमिट्यान्स भित्रिएको थियो । एकै महिनामा ८७ अर्ब ६ करोडले रेमिट्यान्स आय बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा यो वर्ष सोही अवधिमा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ ।
 
अघिल्लो वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भएर ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ ।

Advertisement

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई रु.८१४ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिशतले घटेको पनि तथ्यांकमा उल्लेख छ ।
 

Advertisement

Advertisement