गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ नै नियुक्त

Advertisement

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । नेकपा (एमाले) संसदीय दलका नेता गुरुङ पुनः मुख्यमन्त्री बनेका छन् ।

गुरुङले केही दिनअघि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । नयाँ सरकार चयनका लागि कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरेपछि गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् ।

Advertisement

गुरुङलाई आजै सपथ ग्रहण गराउने तयारी भएको छ । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारिक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिएको छ । 


 

Advertisement

Advertisement