राशिफलः आज (बैशाख ३०)को तपाईंको दिन कस्तो रहला ? (आर्थिक लाभ हानीसहित)

Advertisement

आज २०७८ साल वैशाख महिनाको ३० गते बिहीबार, वैशाख शुक्लपक्षको द्वितीया तिथि ।

मेष 
पारीवारिक जीवनमा अत्यन्त धेरै मेलमिलाप नभए पनि धन धान्यको अभिवृद्धिमा भने परिवारका सदस्यहरुबीच सामञ्जस्यता हुन जाने छ । आत्माबलले भरिएको सुरो ब्यक्तित्व हुने छ । जोखिम मोल्न तम्तयार रहने स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवन अनुकुल नै रहने छ । ग्रिल उद्योग, फलामको कारोवार, केमिकल्स, भैसीपालन, रसायनीक मलको कारोवार, उद्योग कलकारखाना, कोइलाको कारोवार, ठेक्कापट्टा आदी जस्ता क्षेत्रका सक्रियहरुलाई सकारात्मक नतिजा प्राप्त हुने छ । शेयर बजारमा निकै विचार गरेर मात्र जाखिम लिने बेला छ । 

Advertisement

वृष 
दुविधाले भरिएको ब्यक्तित्व हुने छ । कहिले शितल खालेको स्वाभाव देखा पर्ने छ भने उत्तिनखेरै कडा खालको ब्यक्तित्व हुन जाने छ । यसले तपाईप्रति अरुको दुविधात्मक धारणा बन्न जाने छ । आत्माबलको कमि हुन जाने छ । घर घडेरी, गाडि, बाहन तथा अन्य सुख सुविधाका सामानहरु बेच्नु पर्ने अथ्वा नोक्सानी हुने समय रहेकाले सतर्कतासहित अघि बढ्नु होला । नेतृत्व क्षमतामा गिरावट आउने छ जसले गर्दा अरुले गरेको विश्वास गुम्न जाने छ । भाग्यको बलियो साथ रहेकाले पेशागत जीवनबाट भने भरथेग हुने भएकाले साह्रै नराम्रो परिस्थिति सृजना भने हुने छैन । शेयर बजार सकारात्मक रहेको भए ता पनि धेरै उत्साही भइहाल्ने समय भने छैन् । 

मिथुन 
मनोबलमा बृद्धि हुने छ । तर रिसाह ब्यक्तित्व बन्ने भएकाले सतर्क रहनु होला । मनमा उदासिनता रहने छ । परिवारबाट टाढा रहने अवस्था आउँछ भने परिवारको साथैमा रहेको अवस्थामा द्वन्द चर्किने छ । धन सम्पत्ति तथा बैंक बचत खर्च हुने समय सक्रिय रहेकाले यसबारेमा संयमित भएर खर्च गर्ने तर्फ विचार गर्नु होला । आम्दानीमा बृद्धि हुन जाने भएकाले केही आँटिलो स्वाभावमा तिब्रता आउने छ । उद्याग कलकारखाना तथा कार्यालयमा श्रम समस्या उत्पन्न हुने छ । ब्यवस्थापन र मजदुरका बीच द्वन्द चर्किएर अबरोधहरु आउने छ । शेयर बजार अनुकुल रहेको छैन् । 

कर्कट
आम्दानी तथा कमाई र आफ्नो सपनाप्रति समर्पित हुने शक्ति र उर्जा प्राप्त हुने छ । पेशागत जीवनमा समस्या तथा पेशा गुमाउनु पर्ने समय सक्रिय रहेकाले बोलीमा संयमितता अपनाउँदै अघि बढ्नु पर्ने समय छ । भाग्यको साथ नरहेकाले राम्रो गरेका कामको पनि जस प्राप्त हुने छैन् । साझेदारीमा गरिएका कामहरुबाट भने फाइदा हुन जाने छ । पैतृक सम्पत्तिको परिचालन तथा ब्यवस्थापन गर्दा लाभ मिल्ने छ । शेयर बजार सकारात्मक बन्न पुगेको छ । 

सिंह
आफ्नो महनत र समर्पर्णबाट भाग्यको निर्माण हुने छ । भाग्य बलियो रहेको छ । ब्यक्तित्वको कदर हुने छ । आम्दानीमा बृद्धि हुने छ । मनोबल उच्च हुने भएकाले देखा पर्ने समस्या तथा चुनौतिसँग जुध्ने स्वाभाव हुने छ । लिइएका लक्ष्य प्राप्तिमा प्रगति हुने छ । दापत्य जीवनमा भने केही कटुता उत्पन्न हुन जाने छ । त्यसैगरी साझेदारीमा गरिएका कामहरुमा पनि अस्वाभाविक द्वन्द र चुनौति थपिने छ । मनमा दुविधाले सताउने छ । शेयर बजार सकारात्मक देखिन्छ । 

कन्या
बोलीको प्रभाव बढ्न जाने छ । अध्ययन तथा अध्यापनमा मन लाग्ने छ । आत्माबलको कमि हुने भएकाले नेतृत्व क्षमतामा निकै कमि आउने छ । छाति र हृदयसम्बन्धी समस्याले च्याप्ने भएकाले सतर्क रहनु होला । यात्रा गर्नु पर्ने बाध्यात्मक परिस्थिति उत्पन्न हुने छ । आम्दानीमा गिरावट आउने छ, जसले गर्दा मनमा दुविधाले सताउने छ । साझेदारमा गरिएका कामहरुमा समस्याहरु उत्पन्न हुन जाने छन् । शेयर बजार भने अनुकुल देखिन्छ । 

तुला 
प्रतिकुल समय रहेकाले धैर्य र संयमित भएर पाइला चाल्नु होला । दुविधाले घेर्ने छ । ब्यक्तित्वमा गिरावट आउने भएकाले निर्णय क्षमतामा निकै कमि आउन जाने छ । बोलीको प्रभाव घट्ने भएकाले बोलीलाई संयम बनाउन सिक्नु होला । पेशागत जीवन र ब्यवसायमा चुनौतिहरु देखा पर्न जाने छ । रोजगारी गुमाउने अवस्था आउन सक्ने भएकाले निकै लचक स्वाभाव बनाउँदा ठिक हुने छ । शेयर बजार भने अनुकुल देखिँदैन् ।

वृश्चिक
निराशाले घेर्ने छ । सकारात्मक भन्दा नकारात्मक चिन्तले सताउने छ । समय अलि प्रतिकुल देखिएकाले धैर्यताको खाँचो देखिन्छ । पेशागत जीवनमा समस्याहरु आउने छन् । अबरोध र अपमान सहनु पर्ने छ । मनमा निराशा छाउने छ, यसले गर्दा राति निन्द्रामा समस्या आउने छ । निर्णय क्षमतामा ह्रास आउने भएकाले अरुले तपाईलाई अन्योलग्रस्त ब्यक्तिका रुपमा चित्रण गर्ने छन् । शेयर बजार भने केही सकारात्मकता देखा पर्ने छ । 

धनु 
पारीवारिक जीवनमा मिलन हुने छ । परिवारको साथले गर्दा समस्याहरुसँग सामना गर्न शक्ति प्राप्त हुने छ । भाग्यको बलियो साथ रहेकाले आन्तरिक चतु¥याईमा ह्वात्तै बृद्धि हुने छ । तर मनमा भने दुविधाले सताउने छ । दाम्पत्य जीवनमा सुमधुरताको कमि देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा एक अर्कामा विश्वासको अभाव हुने भएकाले द्वन्द चर्किन जाने छ । बोलीको प्रभाव कम हुन जाने छ । बाणिज्य क्षेत्रमा गिरावट आउने भएकाले यसले आफु संलग्न पेशामा असर पार्ने छ भने त्यसले आम्दानीमा गिरावट गराउने छ । छालाजन्य समस्याले सताउने भएकाले विचार गर्नुहोला । शेयर बजार केही अनुकुल रहने भएकाले थोरै भए पनि राहत मिल्ने छ । 

मकर 
रिस बढि हुन जाने छ । मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । जीवनसाथिको साथले प्रगति हुने छ भने असजिलो समयमा साथ पाइने छ । कठिन परिस्थितिसँग जुधेर त्यसबाट पार लाग्ने दृढता हुने छ । आम्दानीमा कमि आउने छ । साझेदारीमा गरिएका काममा आम्दानीको बाँडफाँडको विषयलाई लिएर द्वन्द चर्किने भएकाले साझेदारीमा संयमित भएर छलफलमा जाने गर्नु होला । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । शेयर बजार औसत रहेको छ । धेरै उत्साही भएर जोखिम मोल्ने समय सक्रिय छैन् । 

कुम्भ 
अन्यौलता बढ्ने छ । पेशागत जीवनमा नकारात्मक परिस्थिति उत्पन्न हुन जाने छ । मेहनत र पराक्रमी स्वाभावमा भने बृद्धि हुने छ । जीवनसाथिको साथले परिस्थितिसँग सामना गर्न आत्माबल बढाउने छ । आम्दानीमा हुने थोरै बृद्धिले केही राहत दिने छ । परिवारका सदस्यहरुको तपाईप्रतिको झुकावमा बृद्धि हुने छ । घर घडेरी, गाडी तथा सवारीसाधनको क्षेत्रमा समयले साथ दिने छ । शेयर बजारको हकमा औसत अवस्था रहने छ । 

मीन
बोलीमा कडापन आउने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने भएकाले परिवारको नेतृत्व गर्ने समय छ । आम्दानीमा केही बृद्धि हुने छ । तर अत्यन्त दुविधात्मक ब्यक्तित्व हुन्छ । आफूले आफैमाथि विश्वास लाग्न छोड्ने भएकाले धार्मिक–आध्यात्मिक क्षेत्रप्रतिको झुकाबबाट संहालिन मद्धत पुग्ने छ । पेशागत जीवनमा केही उल्झनहरु आउने छन् । यसले नकारात्मक विचारलाई बढाउने छ । घर घडेरी तथा जलविद्युत क्षेत्रबाट फाइदा पुग्ने छ । शेयर बजार औसत रहेको छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement