टेलिकमको आम्दानी ५९ करोडले घट्यो, नौ महिनाको आम्दानी ३१ अर्ब

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैतसम्ममा टेलिकमको आम्दानी यो वर्ष घटेको छ । गत आवको त्रैमाससम्मको कुल आय ३२ अर्ब २७ करोड २३ लाख २३ हजार ०४६ रुपियाँ थियो । यस्तो आय चालू आवको सोही अवधिमा ३१ अर्ब ६७ करोड ३७ लाख ७३ हजार ९३७ रुपियाँ रहेको छ । यो आम्दानी गत वर्षको तुलनामा करिब दुई प्रतिशतले घटि हो । गत वर्षको तुलनाम टेलिकमको यस्तो आम्दानी १.८५ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

टेलिकमले गत आवको तेस्रो त्रैमासिकसम्मको खुद मुनाफा  ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार ३८० रहेको थियो । यस्तो नाफा चालू आवको सोही अवधिमा खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार ९०९ रुपियाँ रहेको छ । 

Advertisement

नेपाल टेलिकमले २७ अर्ब ४५ करोड १३ लाख ५२ हजार ९६१ रुपियाँ आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको तेस्रो त्रैमासमा टेलिकमले २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार २७२ रुपियाँ रहेको थियो ।

टेलिकले चालू आवको त्रैस्रो त्रैमासमा मात्रै नौ अर्ब ७२ करोड ६४ लाख ३९ हजार ४५९ रुपियाँ आम्दानी गरेको छ । यस्तो आम्दानी दोस्रो त्रैमासको तुलनामा सात प्रतिशतले बढेको नेपाल टेलिकमले जानकारी दिएको छ । यस्तो आम्दानीपछि तेस्रो त्रैमासिक अवधिमा खुद दुई अर्ब ५९ करोड ५० लाख ७७ हजार ४४९ रुपियाँ रहेको छ ।

टेलिकमले कोभिड महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रूपमा व्यापार व्यवसायमा कमी आएको, बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा यो वर्ष घट्दै गएको, महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुंदा अघिल्लो वर्षको तुलनामा डाटाको खपत बढे पनि राजश्व भने अपेक्षा अनुसार बृद्धि नभएको उल्लेख गरेको छ ।

महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिवन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभूतपूर्व गिरावट आएको तथा ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्धता सेवामा पनि कमी आएका बताएको छ ।

समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको छ । यसमा आएको परिवर्तन तथा फोरजी/एफटीटीएच जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको पनि टेलिकमले बताएको छ । 

Advertisement

Advertisement