अक्सिजन आयात सहजीकरण गर्न डलर सटहीको सीमा बढ्यो, ३५ हजारको सीमा एक लाख नाघ्यो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले अक्सिजन आयात सहजीकरण गर्न डलर सटहीको सीमा बढाएको छ । राष्ट्र बैंकले यस अघि डलर सटही सुविधा बढीमा एक पटकमा ३५ हजार अमेरिकी डलर थियो । अक्सिजन सहितका स्वास्थ्य सामग्री आयातका लागि सहजीकरण गर्न यो सीमालाई बढाएर राष्ट्र बैंकले एक लाख रुपियाँसम्म पुराएको हो । यस अघि २५ हजार भन्दा बढीको डलर सटही गर्दा बेनिफिसरी को बिजनेश क्रिडिबिलीटी इन्फरमेसन (बीसीआई)को व्यवस्था मिलाउनुपर्ने थियो ।

अब भने कोभिड–१९ को वर्तमान स्वास्थ्य समस्यालाई रोकथाम तथा न्यूनीकरणको लागि सहजीकरण गर्न स्वास्थ्य मन्त्रालय, स्वास्थ्यसेवा विभागको सिफारिशमा भने एक लाख भन्दा बढीको डलर सटही सुविधा पनि दिइने छ ।

Advertisement

कोभिड १९ सँग सम्बन्धित औषधिजन्य सामग्रीको आयात गर्न एउटै बिजकबाट १ लाख अमेरिकी डलरसम्को ड्राफ्ट/टीटीको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र मिलाएको छ । एक लाख भन्दा माथिको सटही सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिशसहित स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले अक्सिजन सिलिण्डरसहितका कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री आयात भएको सामाग्रीको विवरण हरेक महिनाको साता गतेभित्र राष्ट्र बैंकलाई जानकारी भने दिनुपर्ने छ ।
यसअघि ट्राफ्ट÷टीटी ३५ हजार डलरसम्मको जारी गर्न पाइनेमा अब भने एक लाख र त्यो भन्दा बढी अनुमति लिएर जारी गर्न पाइने भएको छ । ब्यवसायीको गुनासो आएको भन्दै बिहीबार ३० वैशाखबाट सीमा एक लाख डलर सजिलै सटही गर्न पाउने व्यवस्था गरिदिएको हो ।

अक्सिजन सिलिन्डर, अक्सिजन कनेक्टर, अक्सिजन ट्याङ्स, अक्सिजन जेनेरेटर्स, अक्सिजन उत्पादन प्लान्ट, डेलिभरी उपकरण, अन्य अक्सिजन सम्बन्धित सामाग्री तथा भेन्टिलेटर उपकरण आयातमा ड्राफ्ट/टीटीको सीमा  तथा स्वास्थ्य सेव विभागको सिफारिश आगामी असार मसान्तसम्म अनिवार्य नगरेको उल्लेख गरेको छ । 

डलर सटहीको सीमा बढाएको सूचना

 

Advertisement

Advertisement