उपप्रधानमन्त्री पोखरेलले अमेरिकी राजदूत बेरीसँग स्वास्थ्य सहयोग मागे

Advertisement

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका अमेरिकी राजदूत रेन्डी बेरीसँग कुरा गरेका छन् । राजदूत बेरीसँग टेलिफोनमा कुरा गर्दै उनले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन बिहीबार आग्रह गरेको पोखरेलको सचिवालयले जनाएको छ । 

नेपालमा कोराना भाइरसको तीब्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको पोखरेलले बताए । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको उनले बताएका थिए । 

Advertisement

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको पोखरेलले बताएका थिए । 

राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीहरु सहयोग गरिने जानकारी दिए । तर, के के सहयोग गरिने रु भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने उनले बताए । बेरीले भने, ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु । टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु ।’

बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे । उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने बताए । 

उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०बाट पाउने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । 

Advertisement

Advertisement