कोरोनाबाट २१४ जनाको मृत्यु, आठ हजार ९६० जनामा संक्रमित थपिए

Advertisement

काठमाडौं । गएको २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ भने आठ हजार ९६० जना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको कुल संख्या चार हजार ४६६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ ।

Advertisement

यसमा सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेको, संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेको मन्त्रालयको भनाई छ । 

Advertisement

Advertisement